सनराइज बैंक लिमिटेडले जिल्लामा पहिलो पटक स्वास्थ्य बीमाबापतको रकम हस्तान्तरण गरेको छ । गुल्मीको धुर्कोट गाँउपालिकामा रहेको बैंकको शाखाले धुर्कोट गाँउपालिका ४ जैसिथोक निवासि वसन्त पोखरेललाई रकम हस्तान्तरण गरेको हो ।
बैंकमा खाता खोलेको व्यक्ति बिरामि परेमा उसले बचत गरेको रकमको निश्चित प्रतिशत बैंकले पीडितलाई प्रदान गर्छ । यस्तो रकम बढीमा एकलाखसम्म बैंकले उपलब्ध गराउछ ।
यसै कार्यक्रमअन्तरगत पोखरेललाई १६ हजार ६३४ प्रदान गरिएको शाखा प्रमुख ध्रुव पोखरेलले जानकारी दिए । रकम पाउनको लागि पीडितले बैंकले सम्झौता गरेका अस्पतालमा लागेको खर्चको बिल बैंकमा पेश गर्नुपर्ने पोखरेलले बताए ।