ईलाका प्रहरी कार्यालय पिपरा कै संरक्षणमा जुवाखाल संचालन ।।

वाणगंगा अनलार्ईन कात्तिक ११ कपिलवस्तु

नेपालीहरुको दोस्रो ठूलो चार्ड तिहारका बेला कपिलवस्तुमा चाडबाडको रमाइलो संगै विकृति पनि बढ्दो छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चाडबाडको बेला हुन सक्ने अपराध, लुटपाट नियन्त्रण तथा जुवा तासमा निकै कडाई गर्न मातहतका प्रहरी ईकाईहरुलाई निर्देशन समेत दिएको छ ।

जिल्लाकै निर्देशन अवज्ञा गर्दै जिल्लाका मुख्य क्षेत्रहरुमा निर्धक्कका साथ जुवा तासका खालहरु चलिरहेका छन् । प्रहरी नै मुख्य सुराकी भई चलिरहेको जुवाका कारण रातारात कतिपय व्यक्ति गरिब बनेका छन भने कतिपय धनि पनि बनिरहेका छन ।
उता मिलेमतोमै जुवा खाल संचालनमा संरक्षणमा लागेका प्रहरी भने जुवाको खालबाट मालामाल बनेको स्थानियले आरोप लगाएका छन् । अहिले वाणगंगा नरपालिका अन्र्तगतको इलाका प्रहरी कार्यालय पिपरा मातहतका क्षेत्रमा पनि करोडौँको जुवा तास चलि रहेको छ । तर ईलाका प्रहरी पिपराले भने आफनो कार्यालयको अगाडि छेउ छाउँ मै जुवाका खाल संचालन हुदा समेत आखामा छारो हालेर बसेको स्थानियको गुनासो छ । इलाका प्रहरी कार्यालय प्रहरी कार्यालयको ५० मिटर भित्र कै हुलाक किनारको एक घरमै र आसपासका होटलहरुमा जुवाको खाल संचालन गरिएको श्रोतको भनाई छ । यसै गरि इलाका प्रहरी पिपरा कै क्षेत्र भित्र पर्ने चारनम्बर बुङ्ची क्याम्पस किनारका ठूला होटल , बनगाई चोकमा रहेका केहि होटल र बोर्डगाउँका केहि होटल र राजापानी क्षेत्रमा पनि जुवाको खाल संचालन गरिएको पाईएको छ । सबै खालहरु बाट ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुष जोशीले हप्ता–हप्तामा रकम बुझ्ने गरेको पनि स्त्थानीयको आरो छ ।  ईलाका प्रहरी कार्यलयको निरिक्षक जोशी भने सम्पर्क बिहिन भएका छन् । उनले नियमित प्रयोग गर्ने फोनहरु सम्पर्क पहूँच भन्दा बाहिर राखेर बसेका छन् ।

त्यस्तै ईलाका प्रहरी कार्यालय पिपराको संचारमा रहेका प्रहरी जवान दिपनारायण चौधरीले प्रहरी निरिक्षक जोशी जिल्ला बाहिर रहेको बताए ।
जिल्ला प्रहरी कार्यालयले केहि दिन अघि तौलिहवाको बरगदवामा जुवाको खालमा छापा हान्दा १३ जना जुवाडे र रकम जफत गरी मुद्धा समेत चलाएको थियो । त्यस यता सदरमुकाम तौलिहवामा विकेन्द्रित भएर जुवाको खाल संचालन हुदै आएको छ । जुवाको खाल संचालन भएको र त्यहा बाट पैसा लिएको विषयमा भने प्रहरी अधिकारीहरुले अनभिज्ञता प्रकट गरेका छन् । मातहतका प्रहरी अधिकारीहरुले त्यस प्रकारको गतिविधि नभएको र पैसा खाएको आरोप निराधार भएको दाबी गर्दै प्रमाण सहित पुष्टि गरे कारवाही भोग्न तयार रहेको पनि बताए । प्रहरी उपरिक्षक दीपशमशेर जबराले जुवा खाल रहेका क्षेत्र निगरानीमै रहेको र समुदायले सहयोग गरे तत्काल पक्राउ गरि कार्वाही गरिने बताउनुभयो । चलिरहेका खालबारे आवश्यक अनुसन्धन गरिने उपरिक्षक जबराले जानकारी पनि दिनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...