तिहारमा स्वास्थ्यप्रति सजक रहन स्वास्थ्यकर्मीको आग्रह

वाणगंगा अनलाईन कपिलवस्तु, १२ कार्तिक  

दशैंमा जस्तै तिहारमा पनि चिल्ला खानेकुराको प्रचलन वढि हुन्छ । त्यसमाथि गुलिया खानेकुरा पनि तिहारमा थपिन्छन् । त्यसैले दशैंमा भन्दा अझ बढी तिहारको खानेकुरामा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव रहेको छ ।

भोक मेटाउन मात्रै होइन, तिहारमा दिदीबहिनीले आपसी सद्भाव बढाउने उद्देश्यले दाजुभाइका लागि बढी नै खानेकुरा तयार गर्ने गर्दछन् । तिहारमा विशेष गरि सेल, अनरसा, मिठाई, मसला र फलफूल जस्ता खानेकुराको धेरै नै प्रयोग हुने गरेको छ । तिहारमा सबैभन्दा बढी मिठाईको प्रयोग हुन्छ ।

मिठाईमा चिनीको मात्रा धेरै हुन्छ । डाक्टरका अनुसार बढी मात्रामा चिनीका परिकार र चिल्लो खनाले मानिसमा मोटोपनको समस्या देखिने र अन्य रोगहरु देखिने हँुदा स्वास्थ्यको ख्याल गरेर खान आग्रह गर्नु भएको छ ।

तिहारमा रोटी र अरु परिकार बनाउन प्रयोग हुने तेल र घिउ जस्ता चिल्लो खानेकुराले पनि मोटोपन, मुटु तथा धमनीका रोगहरु, उच्च रक्तचाप र मधुमेह निम्त्याउन सक्ने हुँदा विशेष ख्याल गर्न उहाँले सवैमा आग्रह गर्नु भएको छ ।

कपिलवस्तु सामुदायिक अस्पतालका डाक्टर दिपेन्द्र चन्दले भन्नुभयो–चिल्ला र गुलिया अनि रंग प्रयोग गरिएका मीठाईहरुले स्वास्थ्यमा प्रतिकुल असर पार्ने हँुदा त्यस्ता मिष्ठान्न खानेकुराबाट बच्नु पर्ने बताउनुभयो । चन्दले रंग प्रयोग गरिएका मिठाई हेर्दा राम्रो देखिने तर स्वास्थ्यका लागि त्यस्ता मिठाई घातक भएकाले नखान सुझाउनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...