कपिलवस्तुमा पहिलो पटक मदरशाका शिक्षकको तलव तोकिदै

कपिलवस्तु १३ कार्तिक

जव चुनाव आउँछ मदरशाका धर्मगुरुहरुलाई धेरै राजनैतिक पार्टीले भोट मेकरका  रुपमा प्रयोग गर्छन । त्यो बेला मुस्लिम शिक्षालाई उकास्ने अनेकौ वाचाहरु ब्यक्त गर्छन ।डायरीमा के के गर्नु पर्छ भनेर लामै फेहरिस्त तयार पार्छन । धार्मिक गुरुहरु मार्फत कुनै नेताको पक्षमा धार्मिक उर्दी जारी गराउछन् ।

 

चुनाव पनि जित्छन् तर  अहिले सम्म स्थानीय तह देखि संघिय तह सम्मका नेताले मदरशाको मूल समस्या समाधान गर्न सकेका छैनन् । धेरै नेतालाई राजनितीको भरयाङ्ग वनेर सत्तामा पुराएपनि कसैले केहि गरेनन् भन्ने मुस्लिम धर्मगुरुहरुका गुनासा प्रकट भई नै रहेको अवस्था वर्र्षाैदेखि अहिले सम्म ब्याप्त छ । अवभने मदरशाकालागि केहि हुनै थाल्यो भन्ने संकेत क्रमश मिल्न थालेका छन् ।

पहिलो संकेत हो प्रदेश ५को सरकारले मदरशा वोर्ड गठन गरेर मदरशा सुधारको काम थाल्नु । दोश्रो संकेत हो कपिलवस्तुको शुद्धोधन गाउपालिकाले पहिलो पटक मदरशाका शिक्षकको न्यूनतम तलव तोक्ने औपचारीक प्रकृया शुरु गर्नु । सो क्षेत्रका विद्यालय निरिक्षक टिकाराम पौडेलले शुद्धोधन गाउपालिकाले तलव निर्धारणकालागि एउटा कार्यदलको नाम छलफल गरेर सिफारिस गर्न औपचारीक रुपमा आग्रह गरेको वताउनु भयो । कार्यदलको नाम सिफारिस भएपछि त्यसले सबैपक्ष विष्लेषण गरेर मदरशा शिक्षकको तलव सिफारिस गर्नेछ ।

मदरशाका धर्मगुरुहरु बीच गाउपालिका अध्यक्ष निसार खा र उपाध्यक्ष सुधादेवि पाण्डे सहित

शुद्धोधन गाउपालिका प्रमुख प्रमुख निशार अहमद खाँले मुस्लिम समुदायको ठूलो वाहुल्यता रहेको कपिलवस्तुमा मदरशाको मुख्य समस्या शिक्षकले उचित तलव नपाउनु र मदरशाको ब्यवस्थापन सही ढंगले नहुनु रहेको आफूले महशुस गरेकाले तलव तोक्न कार्यदल वनाउने काम अघि वढाएको वताउनु भयो ।

पालिका अध्यक्ष खाँले शुद्धोधनमा राष्ट्रिय मूल प्रवाहमा समावेश भएका १६वटा मदरशाहरुमा शिक्षकको तलव ६ हजार देखि ११ हजार सम्म रहेको पाइएकाले त्यो अत्यन्तै श्रमको शोषण हो भन्ने पालिकाले ठहर गरेको वताउनुु भयो ।

न्यूनतम तलव सिफासि गर्ने कार्यदल गठन गर्न गाउकार्यपालिकामा छलफल चलाएरै विधालय निरिक्षकलाई आग्रह गरेको स्पष्ट पार्नु भयो ।सो पालिकामा राष्ट्रिय मुल प्रवाहमा समावेश हुन नसकेका अरु १ दर्जन जति मदरशा पनि छन् तर ती मदरशाकालागि भने यसपालिका तवल निर्धारण गरिने छैन ।

सामान्यतया मदरशामा  पढाउने शिक्षकले न्यूनतम १७/१८ हजार सम्म पनि तलव नपाउने हो भने कसरी उनीहरुको गुजरा चल्न सक्छ भन्दै अव मदरशामा कति जना शिक्षक राख्ने ,कति तलव खाने भन्ने स्पष्ट मापदण्ड तोकिन्छ अध्यक्ष खाँले भन्नु भयो ।

मदरशा ब्यवस्थापन  समितिसंग औपचारीक रुपमा छलफल गरेर गाउपालिकावाट हुन सक्ने श्रोत साधनको उपलब्धता सुनिश्चित गरेर तलव खुवाउने ब्यवस्था मिलाइन्छ अध्यक्ष खाँले भन्नु भयो ।

अहिले पनि हरेक मदरशालाई वार्षिक करिव अढाईलाख रकम राज्यको बजेट गाउपालिका मार्फत निकासा हुदै आएको त्यो रकमवाट सबैभन्दा पहिले पढाउनेले तलव खानु परयो अरु जति अभाव हुन्छ ब्यवस्थापन समिति र गाउपालिकाले योजना वनाएर समाधान गर्नु परयो अध्यक्ष खाँको भनाइ छ । केहि हद सम्म श्रोत साधन पालिकाले वढाउन सक्छ त्यसकालागि कुनै कञ्जुस्याई गरिने छैन उहाले भन्नु भयो ।

यता गाउपालिका उपाध्यक्ष सुधादेवि पाण्डेले समेत मदरशा शिक्षालाई ब्यवस्थित नगर्दा र उनीहरुले प्रवाह गर्ने शिक्षालाई वास्ता नगर्दा पालिकाको शैक्षिक विकास पछि पर्ने ठहर गररै यस प्रकारको तलव तोक्ने पहल थालेको वताउनु भयो । मदरशाका शिक्षकको तलव तोक्ने प्रकृया थालिएको वताउदै उपाध्यक्ष पाण्डेले हरेक मदरशामा खानेपानीको नल ब्यवस्थागर्ने र सौचलय बनाईदिने लगायतका कामकालागि चालु आवमा बजेट ब्यवस्था गरेको उहाको भनाइछ । विद्यालय निरिक्षक टिकाराम पौडेलका अनुसार शुद्धोधनका हरेक मदरशामा अहिले कम्तीमा २ जना देखि वढीमा ८ जना सम्म शिक्षक कार्यरत रहदै आएका छन् ।

मुस्लिम समुदायका धार्मिक विद्यालयको रुपमा देखिएका ती मदरशाहरुमा कक्षा ३ देखि ७ सम्मको पढाई हुदै आएको छ । राष्ट्रिय मूल प्रवाहमा गएका मदरशामा भएको पढाईलाई राज्यले मान्यता प्रदान गरेकोले यो औपचारीक शिक्षा नै हो तर त्यहा कार्यरत शिक्षकले नत उचित पारिश्रमिक पाएका छन् नत दरवन्दीको उचित ब्यवस्था  नै रहेको छ। ती मदरशामा कम्तीमा १ सय देखि २ सय सम्म वालवालिकाले पढ्ने गरेको मदरशा शिक्षक मोजिवुर रहमानले वताउनु भयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...