प्रधानमन्त्री ओली अस्वस्थ  

कार्तिक १३ 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्रान्डी अस्पताल लगिएको छ। स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान ९ बजे धापासीस्थित ग्रान्डी अस्पताल गिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

अन्य समयमा अस्वस्थ हुँदा तथा नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओलीलाई महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पताल लाने गरिएको थियो।

१३ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको नियमति स्वास्थ्य जाँच गर्ने गरिएकाे छ। दुई महिना अघि सिंगापुरमा प्रधानमन्त्री ओलीले उपचार गराएका थिए।

प्लाज्माफेरेसिस माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरी गत भदौ २० गते त्यहाँबाट फर्किएका ओलीको नेपालमा पनि नियमित फलोअप भइरहेको छ। बालुवाटार स्रोतका अनुसार अहिलेको शारीरिक गडबडी भने सामान्य हाे।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...