(नेकपा) बुद्धभुमिद्धारा शुभकामना आदान प्रदान

वाणगंगा अलनाईन कपिलवस्तु कात्र्तिक १६

(नेकपा) बुद्धभुमि नगरकमिटीले नेपाली हिन्दुहरुको महान चार्ड बडा दशै दिपावली र छठ पर्वको अवसरमा बुद्धभुमि नगरपालिका वडा न ९ स्थित बुद्धभुमि क्यापसमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शुभकामना कार्यक्रममा नेकपाकी केन्द्रिय सदस्य विमला घिमिरेले सम्पुर्ण पाटी नेता तथा कार्यकर्ताहरुलाई राष्टिय चाड पर्वले सबै जातजाती समुदाय विचमा एकता भाइचारा र सदभाव कायम गरोस भन्ने शुभ कामना दिनु भएको छ । केन्द्रीय सदस्य घिमिरेले नेकपाको दुई तिहाई सरकार रहेकोले नेपाली जनताको चाहाना अनुसार पाटी अगाडी बढेको भन्दै इतिहासमै राम्रो र देखिने यो सरकारले काम गर्दै गएको दावि गर्नु भयो । सरकारका राम्रा कामले गर्दा प्रतपक्षहरु अतालीएको भन्दै सरकार विरुद्ध भ्रम छर्न थालेको बताउनु भयो । यसै गरि प्रदेश न ५का कार्यालय सचिव तथा संविधान सभा सदस्य बलराम अधिकारीले नेपालीहरुका विभिन्न महत्वपुर्ण चाडपर्वले सबै नेपाली जनतामा सकरात्मक सोचको विकासका लागि शुभकामना दिनु भयो ।

यस्तै विशिष्ठ अतिथी तथा जिल्ला अध्यक्ष झविलाल पोखरेलले शुभकामना आदान प्रदान कार्यक्रममा जनता सगंको अन्तरकृया पनि भएकोले कार्यकताहरुले उठान गरेका विषयबस्तु नेताहरुले ग्रहण गर्नु पर्ने भन्दै युवा , किसान ,पत्रकार ,जनप्रतिनिधिले उठाएका सवाल सकरात्कम भएको बताउनु भयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...