दाङमा अनुदानमा किसानलाई तोरीको बीउ वितरण

दाङ, असोज २२

जिल्लामा तोरी उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तोरी जोन) दाङले अनुदानमा बीउ वितरण गरेको छ । दाङमा मूल बीउ उत्पादन र तोरी खेतीका लागि अनुदानमा तोरीको बीउ वितरण, सिँचाइ कुलो निर्माण, कृषकहरुलाई कृषि औजार वितरण, विभिन्न तालीम, भकारो सुधार लगायतको कार्यक्रम सञ्चालन गरेको छ । परियोजनाअन्तर्गत यस आर्थिक वर्षमा विभिन्न समूह, सहकारीलाई तोरीको उन्नत जातको उन्नत बीउ वितरण गरेको तोरी जोन कार्यक्रमका प्रमुख तिलक केसीले जानकारी दिए । साउनेपानी कृषि सहकारी संस्था शान्तिनगरलाई बीउ उत्पादनका लागि दुई क्विन्टल तोरी वितरण गरेको प्रमुख केसीले जानकारी दिए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...