पश्चिम नवलपरासीमा ४ महिनामा ६४ सवारी दुर्घटना, ९ जनाको मृत्यु

कार्तिक १८,

पछिल्लो समयमा पश्चिम नवलपरासीमा सवारी साधन दुर्घटनामा बृद्धि भएको छ । गत साउन महिना देखि कार्तिक १६ गते सम्ममा पश्चिम नवलपरासीमा ६४ वटा सवारी साधन दुर्घटना भएका छन भने ९ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपारसीका अनुसार गत साउन महिनादेखि कार्तिक १६ गते सम्म भएका ६४ सवारी साधन दुर्घटनामा ९ जनाको मृत्यु भएको हो । दुर्घटनामा ३६ जना मानिसहरु गम्भिर घाइते भएका छन भने २९ जना मानिसहरु समान्य घाइते भएका छन ।

सवारी साधन दुर्घटनामा सबै भन्दा बढी मोटरसाइकल रहेका छन । जस अन्र्तगत गत साउन महिनामा ट्रक र ट्यांकर ३, टिप्पर १, बस ३ र मोटरसाइकल ५ वटा गरी साउन महिनामा १३ वटा सवारीसाधन दुर्घटना भएका छन । भने साउन महिनामा दुइ पुरुष र एक महिला गरी तीन जनाको मृत्यु भएको छ ।

यस्तै भाद्र महिनामा सवारी साधन दुर्घटनामा ट्रक र ट्यांकर २, बस तीन, जिप कार १, मोटरसाइकल ३ र अन्य २ गरी ११ वटा सवारी साधन दुर्घटना भएका छन भने चार पुरुष र एक महिला गरी ५ जना गम्भिर घाइते भएका छन । भदौ महिनामा कुनै पनि ब्यक्तिको ज्यान नगएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

यस्तै गरी असोज महिनामा १९ वटा सवारी साधन दुर्घटना भएका छन जस अन्र्तगत ट्रक र ट्यांकर एक, जिप कार ४, मोटरसाइकल १३ र सानो सवारीसाधन १ वटा रहेका छन । भने चार पुरुष र एक महिला गरी ५ जनाको ज्यान गएको छ भने आठ पुरुष, दुइ महिला र एक बालक गरी ११ जना गम्भिर घाइते भएका छन ।

यस्तै गरी कार्तिक महिनाको १६ गते सम्ममा २१ वटा सवारी साधन दुर्घटना भएका छन जस अन्र्तगत ट्रक र टेंकर दुई, टिप्पर एक, बस एक, जिपकार एक र मोटरसाइकल १५ र सानोसवारी साधन एक वटा रहेका छन । कार्तिक महिनाको १६ गते सम्मको तथ्यांक अनुसार एक जना पुरुषको ज्यान गएको छ भने सवारी दुर्घटनामा परी ६ जना पुरुष घाइते भएका छन ।

सवारी साधन दुर्घटनामा सबै भन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन जसमा सबै भन्दा बढी कार्तिक महिनामा १५ र असोज महिनामा १३ वटा मोटरसाइकल दुर्घटना भएका छन। साउन महिनामा ९, भदौमा ८, असोजमा १३ र कार्तिक महिनामा १६ वटा गरी कुल ४६ वटा दुर्घटना भएका छन जसमा कार्तिक महिनामा सबै भन्दा बढी सवारी साधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...