दाङमा चालक अनुमती पत्र बिना अटो चलाउन नपाइने 

कात्तिक १८ 

दाङमा चालक अनुमती पत्र बिना अटो तथा इ—रिक्सा चलाउन नपाइने भएको छ । विभिन्न सरकारवाला निकायले छलफल गरी चालक अनुमती पत्र विना अटो तथा इ रिक्सा चलाउनमा रोक लगाईएको छ ।

चालक अनुमती पत्र लाईसेन्स बिना सवारी साधन चलाउदा दुर्घटना बढ्न थालेपछि विभिन्न लाईसेन्स बिना अटो तथा इ—रिक्सा सञ्चालनमा रोक लगाईएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले साढे २ सय बढी अटो रिक्साहरुलाई तीन दिन पहिले नियन्त्रणमा लिएको थियो । ति अटो रिक्साहरु चालकको जिम्मा लगाउने र लाईसेन्स प्राप्त गरेपछि मात्रै चलाउने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा भएको छलफलमा लाईसेन्स सँगै अनिवार्य यातायात र प्रालीमा दर्ता हुनुपर्ने निर्णय भएको छ ।

त्यसैगरी, सिट क्षमता भन्दा धेरै यात्रु नबोक्ने, पार्कीङ स्थल भन्दा अनेत्र पार्किङ नगर्ने, अटोमा देखिने गरी भाडा सूची टाँस्ने, तोकिएको गतिमा कुदाउने र त्यस बिपरित चलेको पाईए ट्राफिक नियम अनुसार कार्वाही गर्ने निर्णय भएको छ ।

साथै विमा नगरेका अटो रिक्साहरुलाई यातायात व्यवस्था कार्यालयले दर्ता नगर्ने तथा रुट परमिट नदिने समेत निर्णय भएको ट्राफिक प्रमुख प्रेम रेग्मीले जानकारी दिनुभयो ।

अटो चालकहरुलाई लाईसेन्स प्राप्तीको प्रकृयामा आउनका लागि प्रत्येक साताको आईतबार देखी बुधबार सम्म फारम खुल्ला गर्ने र ४० जना बढी भए लिखित परिक्षा गरिने यातायात व्यवस्था कार्यालयका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो ।

कार्यालयमा ४ हजार बढी अटो रिक्साहरु दर्ता भएका र २५ प्रतिशतले लाईसेन्स प्राप्त गरेको छन् । छलफलमा जनप्रतिनिधी, सुरक्षा निकाय, अटो व्यवसायी, उद्योग बाणिज्य संघका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...