देशका विभिन्न जिल्लामा उपनिर्वाचनका लागि उम्मेदवराी मनानयन दर्ता गर्ने रौनक चलिरहेको छ। दाङसहित कास्की, भक्तपुर, बाग्लुङ जिल्लामा उपनिर्वाचन हुन लागेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने रौनक सहित र्याली भइरहदा भने देशमा अर्को चर्को विरोधको नारा घन्कीएको छ ।
काठमाडौंसहित देशका विभिन्न जिल्लामा गो ब्याक इन्डियाको नारा लागिरहेको छ । गएको शनिबार भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको झण्डै ३ सय ७२ किलोमिटरभन्दा धेरै जमिन समावेश गरिएको छ ।
जसको विरोधमा देशको विभिन्न जिल्लामा विभिन्न विद्यार्थी संगठनहरुले गो ब्याक इन्डियासँगै ‘भारतीय विस्तारवाद मुर्दावाद, कालापानी हाम्रै हो, सीमा मिच्न पाइँदैन’ जस्ता नारा लगाउँदै विरोध जनाएका छन् । दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतको नयाँ नक्सामा समेटिएपछि नेपालका विभिन्न राजनीतिक पार्टीहरुलेपनि विरोध जनाउँदै आइरहेका छन् ।
नेपाल सरकारले पनि भरतको यो कार्यप्रति आपत्ति जनाएको छ । कुटनितिक रुपमा नक्सा विवाद समाधानमा लाग्न सबैले आग्रह गरेका छन् । देशका विभिन्न ठाउँमा अनेरास्ववियु, नेविसंघले भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र आफ्नो नयाँ नक्सामा समेटिएपछि विरोध जनाएका छन् ।
बाँकेको कोहलपुरदेखि विराटनगर, काठमाडौंलगायत अन्य जिल्लामा पनि विरोध गर्दै सडकमा विद्यार्थीले नारा लगाएका छन् ।