सुर्याेदय आधारभूत चप्परगाउँमा नतिजा प्रकाशन

कात्तिक २१ कपिलवस्तु

वाणगंगा नगरपालिका ८ चप्परगाउँ स्थित सूर्याेदय आधारभुत विद्यालयले शिक्षक तथा विद्यार्थीद्धारा निर्मित शैक्षिक सामाग्री प्रदर्शनी गरेको छ । त्यस्तै दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशान र कक्षामा नियमित उपस्थित हुने विद्यालयलाई पुरस्कार वितरण पनि सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक धर्मराज भट्टराईले जानकारी दिनुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमप्रसाद सापकोटाको अध्यक्षता तथा वाणगंगा नगपालिका शिक्षा शाखा प्रमूख बाबुराम भट्टराईको प्रमूख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर शिक्षा शाखा प्रमूख भट्टराईले विद्यालयको हरेक क्षेत्रलाई उन्नति प्रगति गराउनमा नगरपालिकाबाट सहयोग पु¥याउने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा वाणगंगा स्रोत केन्द्रका स्रोत व्यक्ति कविराज भण्डारीको विशिष्ठ आतिथ्यता, शिक्षक अभिभावक संघका अध्यक्ष डोर प्रसाद न्यौपाने, साबित्रा पोख्रेल, जानका पौडेल लगाएको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा खगेन्द्र प्रसाद पौडेलको स्वगत तथा सरस्वती सारुद्धारा नतिजा प्रकाशन एवम् प्रधानाध्यापक धर्मराज भट्टराईको संचालनमा सम्पन्न भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...