अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीकाले भोलीे हरिबोधनी एकादशीको अवसरमा सार्वाजनिक विदा दिएको छ । सन्धिखर्क नगरपालिकाले एक सुचना जारी गरी कार्तिक २२ गते हरिबोधनी एकादशीको अवसरमा सार्वाजनिक विदा दिएको जनाएको छ ।
उक्त दिन सन्धिखर्कमा रहेका सरकारी कार्यालय, शिक्षण संस्था, वार्ड कार्यालय लगायतका निकायमा सार्वाजनिक विदा दिएको छ । कार्तिक २२ गते हरिबोधनी एकादशी दिन सन्धिखर्कमा एकादशी मेला, दर्शनार्थी र भैलो खेल्नेहरुको घुइँचो लाग्ने गर्दछ । तिहारको अन्तिम दिन हरिबोधनी एकादशीका अवसरमा अर्घाखाँचीको सन्धिखर्क लगायत जिल्ला भर तुलसीको पूजा गरी हर्षउल्लाहसका साथ मनाइन्छ ।