भारतीय नक्सा विवाद : अर्घाखाँचीका विद्यार्थी संगठनहरु एउटै मञ्चबाट विरोधमा

बिष्णु कुमार आले कार्तिक २१, अर्घाखाँची ।

नेपालको भूमीलाई भारतले आफनो नक्सामा समावेश गरेकोप्रति चौतर्फी विरोध भएको छ । अर्घाखाँचीको सन्धिखर्कमा सत्तापक्ष र प्रतिपक्षी दलका विद्यार्थी संगठनले एउटै व्यानरमा भारतको विरोध गरेका छन् ।

उनिहरू फरक फरक राजनितीक दलका समर्थक भएपनि सबै नेपालीको साझा मुद्दा भएकाले नेपाली राष्ट्रिय झन्डा हातमा लिएर भारती सो कदमको विरोध गरेका थिए । पाणिनि बहुमुखी क्याम्पसबाट निस्केको विरोध जुलुस सन्धिखर्क बजार परिक्रमा गरि शान्ति बगैचामा पुगी कोणसभामा परिणत भएको थियो । नेपाल कम्युनिष्ट पाटी (नेकपा) निकट अनेरास्ववियु, नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु (छैठौं ) ले विरोध जनाएका हुन । विरोधमा उत्रिएका विद्यार्थीहरुले ‘गो ब्याक इन्डिया’ , कालापानी–लिपुलेक–लिम्पुयाधुरा हाम्रो भूमी हो । हाम्रो भूमी माथिको हस्तक्षेप हामीलाई स्वीकार्य छैन, भारतीय विस्तारवाद मुर्दावाद भन्दै चर्को नारा समेत लगाएका थिए ।

क्याम्पस, स्कुलमा पढने विद्यार्थीको जुलुसमा पूर्व्विद्यार्थी, नागरिक समाज र बजारबासी सहभागी भएका थिए । भारतले नेपाली भूमि फिर्ता गर्नुपर्ने र नेपाल सरकारले कुटनीतिक पहलमा भारतले बनाएको नक्सालाई रद्द गर्न विद्यार्थी नेताले जोडदार माग समेत गरेका छन् । भारत सँग जोडिएका देशका २३ जिल्लाका ७१ स्थानमा सीमा बिवाद रहेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...