घर निकाला गरिएकी दलित युवतीले दिइन प्रहरीमा उजुरी

वाणगंगा अनलाईन कात्तिक २३

वर्षौंसम्म पति र परिवारबाट यातना पाएकी एक दलित युवती घर निकाला गरिएकी छन् । सरुमारानी गाउँपालिका वडा नम्बर ५ बिरिङकोटकि २४ बर्षीया शुसिला खाम्चा (कामि)ले अन्तरजातीय बिबाह गरेका कारण घर छाड्न बाध्य भएकी हुन् ।

आफू घर निकाला हुनु परेको भन्दै उनले ६० बर्षीया ससुरा मतिराम खाम्चा ,५६ बर्षीया सासू जिवा खाम्चा,२६ बर्षीया पति चित्र बहादुर खाम्चा सहित ३ जनाबिरुद्ध शुक्रवार जिल्ला प्रहरी कार्यालयमा पुगेर मुद्धा दर्ता गरेकि हुन् ।श्रीमान चित्र बहादुर खाम्चा र शुशिला खाम्चाले २०६९ साल कार्तिकमा सामाजिक परम्परा अनुसार विवाह गरेका थिए ।

प्रेम सम्वन्धमा रहेका उनीहरुलाई विवाहपछि एक सन्तान जन्माएकि शुसिलालाई घरपरिबारका सासू ससुरा र पतिले कामिको छोरी कमिनी कुजात, हाम्रो सम्पत्ति देखेर घर पस्न आएकी जस्ता गाली बेइज्जत गरि घर निकाला भएपछि अहिले माईतीको शरणमा बस्दै आएको उनले बताइन् ।

घरपरिवारजनवाट आफूले अत्यन्त ठूलो मानसिक तनाव बेहोर्दै आएपछि मुद्दा दर्ता गर्न बाध्य भएको उनले सुनाइन।तल्लो जातकी कमिनी भनी हेला गरी श्रीमतीलाइ घर निकाला गरेको आरोपमा पति सहित सासू र ससुरालाई प्रहरीले पक्राउ गरेको छ । पीडितले शुक्रबार जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी उजुरी प्रहरीमा दर्ता गराएको जिल्ला प्रहरीका कार्यलय प्युठानका प्रहरी निरीक्षक लोकेन्द्र जि सिले बताए।

’हामीले सम्बन्धितहरुलाई पक्राउ गरि आबश्यक अनुसन्धान गरिरहेका छौँ, जिसीले भने,’अनुसन्धानपछि उहाँहरुलाई कानुनी सजाय हुन्छ। बिबाह भएको लामो समय पछि पिडित बि क लाई अन्याय भएको भन्दै जिल्लाका दलित अगुवाहरुले संघर्ष समितिले खेद प्रकट गरेको छ।

समितिका अध्यक्ष शन्तोष नेपालिले जाहेरी माथी अवाश्यक कार्बाही तत्काल अघि बढाउन माग गरेका छन् । ‘जाहेरी माथी आवश्यक कार्बाही गर्न आनाकानी र ढिलासुस्ती भएमा संयुक्त राजनीतिक दलित संघर्ष समिति जस्तासुकै चुनौतीलाई प्रवाह नगरी आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...