शिक्षा, स्वास्थ्य, खाद्य अधिकारका लागी इन्सेक कार्यक्रम सम्पन्न

वाणगंगा अनलाईन, कपिलवस्तु कार्तिक २४ 

बाणगगा नगरपालिका भित्र शिक्षा, स्वास्थ्य, खाद्य र आवासका अधिकारका सवालमा कार्य गर्ने उद्देश्यका साथ सिदार्थ क्याम्पस बुङचीका प्राध्यापक रोमकान्त घिमिरेको अध्यक्षतामा १३ सदस्यीय मानव अधिकार समुह गठन भएको छ ।

जसको उपाध्यक्षमा इन्द्रिरा भट्टराई, सचिव चेतना अधिकारी सहसचिव दिनेश चौधरी, कोषाध्यक्ष थानेश्वर अधिकारी र सदस्यमा रुपा गाहा ,इन्द्रीरा पन्त ,कोपीला थारु, धर्म घिमिरे, मोहन बेलवासे, मधु पाण्डेय रहनु भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले कपिलवस्तुले आयोजना गरेको परियोजना परिचायत्मक तथा मानव अधिकार समुह गठन बैठक कार्यक्रममा सो समुह गठन भएको हो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत बाबुराम भट्टराईले खाद्य शिक्षा र स्वास्थ्य अधिकार अहिलेको ज्वलन्त सवाल रहेको बताउनु भयो ।

यस्तै बाणगंगाका समाजिक विकास समितिका संयोजक तथा वडा न ५ का वडा अध्यक्ष भिष्मराज भुसालले इन्सेकले संचालन गर्ने शिक्षा स्वास्थ्य ,खाध्य अधिकार र आवास अहिलेका आबश्यक्तापूर्ण सवाल भएको वताउनु भयो । वडा नं ९ का वडा अध्यक्ष धुर्व बेल्वासेले सहकार्य गर्न आफुहरु तयार रहेको पनि बताउनु भयो ।

यस्तै महिला तथा बालबालिका शाखा प्रमुख हरिना गाहाले समुह गठनले उत्साह थपिने औल्याउनु भयो । नागरिक समाजका अध्यक्ष दोलक पछाईले इन्सेकले मानव अधिकार क्षेत्रमा अग्रणी भुमिका निभाउदै आएकोमा सहकार्य गरेर अगाडी बढने प्रतिबद्धता जनाउनु भएको थियो ।

मानव अधिकार समूहका नव निर्वाचित अध्यक्ष रोमकान्त घिमिरेले आफूले पाएको जिम्बेवारी कुशलता पुर्वक पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रम मानव अधिकार एलाइन्सकी केन्द्रिय सदस्य सूर्यकुमारी शाहीको अध्यक्षता इन्सेक सहजकर्ता नन्दराम पौडेलको सहजीकरण र इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यको स्वागतमा सम्पन्न भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...