एन एम वि बैक द्धारा वित्तिय साक्षरता अभियान सम्पन्न

वाणगंगा अनलाईन चन्द्रौटा कात्तिक २४

एन एम वि बैक चन्द्रौटा साखाले आम नागरिकलाई वैकिङ्ग सेवामा सहज र प्रभावकारी बनाउन वित्तय साक्षरता अभियान कार्यक्रम गरेको छ ।

शिवराज नगरपालिका वडा न १ र १० का ३० जना स्थानिय हरुलाई वैकले प्रदान गर्ने सेवा सुविधा तथा सामाजिक सुरक्षा भत्ता पाउन आवश्यक कागजात लगाएतका विषयमा जानकारी गराएको छ । चन्द्रौटामा भएको उक्त कार्यक्रममा सहजिकरण एन एम वि बैकका शाखा प्रमुख लाल वहादुर भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा एनएमबि बैकंले शाखा वाट दिई रहेकोे सेवा सुबिधा लगाएत गत बर्ष वाट शाखाले नगरपालिका संघ भएको सम्भmौता बमोजिम सामाजिक सुरक्षा भत्ता बितरण लाई सहजिकरण गर्दै हरेक वार्डमा बित्तिय साक्षरता कार्यक्रम संचालने गर्ने चन्द्रौटा शाखा प्रमुख लाल बहादुर भण्डारीले जानकारी दिनु भएको थियो ।

कार्यक्रमको संचालन शाखाका कर्जा शाखाका बरिष्ठ सहायक भिम प्रसाद भुसालको संचालन र ब्यापार संघका सहसचिव गोपाल बन्जाडेको स्वागतमा सम्पन्न भएको थियो । गत वर्ष पनि एन एम वि वैकले शिवराज नगरपालिका भित्र रहेका अग्नी पिडितलाई राहत वितरण,शिवराज उद्यान लगाएत स्थानहरुमा विश्रारोपण समेत गरेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...