गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि कपिलवस्तुमा सहयोग संकलन गरिदैँ

वाणगंगा अनलाईन, कत्तिक २५ कपिलवस्तु

धुर्मुस सुन्तली फाउण्डेसनद्धारा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तराष्टि क्रिकेट रंगशाला निर्माण सहयोगआर्थ कपिलवस्तु जिल्लामा पनि सहयोग रकम संकलन अभियान सुरु गरिएको छ । चितवनमा निर्माण हुन लागेको सो रंगशालाको सहयोग गर्न जिल्ला सहयोग संकलनका लागि आज जिल्ला स्तरिय सहयोग समिति गठन गरिएको छ ।
बुद्धभुमि नगरपाकिलाको वडा नम्बर २ गोरुसिँगेमा आयोजित कार्यक्रमले सहयोग संकलन समितिको संयोजकमा विष्णु गैरेलाई चयन गरको छ । सह संयोजक रामचन्द्र अर्याल हुनुहुन्छ भने सदस्य सचिवमा कमल अधिकारी र कोषाध्यक्ष सन्तोष श्रेष्ठ रहनु भएको छ । त्यस्तै सहयोग संकलन समितिको सदस्यमा मोहन वेल्वासे , गणेश पोख्रेल, दधिराम न्यौपाने, बाबुराम रामाझि,  हरिराम चौधरी, हरि अधिकारी र युवराज शर्मा रहनु भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...