रामघाट मेलामा साँस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी सुरु

कार्तिक २६ 

कला संस्कृतिको जगेर्ना गदै मेला तथा परम्पराको संरक्षणका लागि राप्ती गाउँपालिका वडा नं ७ को कार्यालयलको आयोजनामा रामघाट मेलाको अवसरमा सास्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी सुरु भएको छ ।

राप्ती गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, पुर्व सांसद सुशिला चौधरी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माको विशिष्ठ आथित्यतामा आयोजित साँस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनीको परम्परागत गीत गाउदै मादल बजाएर उद्घाटन गरिएको छ ।

वडा नं ७ को बड्का सिसहनिया, छुट्की सिसहनिया, जकपुर, अर्नाहनपुर, जितपुर र भानपुर गाउँका टोल स्तरिय समुहले स्थानिय कला संस्कृति संरक्षणका लागि सास्कृतिक प्रस्तुतिहरु प्रदर्शनका साथमा कृषि उत्पादन प्रदर्शनी गरेका छन् ।

धार्मीक पर्व रामघाट स्नान र रामघाट मेलाको अवसरमा कार्तिक २५ गते देखी २७ गते सम्म सास्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी आयोजना सुरु भएको हा ।२५ गते गाउँ टोल स्तरिय सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । २६ गते राष्ट्रिय स्तरका थारु कलाकारबाट सांङगेतिक प्रस्तुति र २७ गते पुरस्कार वितरण तथा युवा क्लवहरुको प्रस्तुति रहेको छ ।

सास्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनीको अवसरमा सास्कृतिक प्रस्तुति र ६ गाउँका उत्कृष्ट कृषकले उत्पादन गरेको कृषि बाली प्रदर्शन गरिने साथै रमाईलोका लागि मेला आयोजना भएको वडा सदस्य भिमलाल चौधरीले जानकारी दिनु भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...