अस्पतालको लापरबाहीले बिरामीको मृत्यु, केश मिलाउन बार्गेनिङ चल्दै

२६ कात्तिक ,पाल्पा

लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचरको क्रममा विरामीको मृत्यु भएको छ । एपेन्डिक्सको अप्रेशनको क्रममा एक युवतीको मृत्यु भएको हो ।

गुल्मीको रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीय लक्ष्मी रसायलीको मृत्यु भएको हो । लुम्बिनी मेडिकल कलेज, पाल्पामा शनिबार उपचारका लागि आएकी युवतीको भैरहवा मेडिकल कलेजमा सोमबार मृत्यु भएको लुम्बिेनी मेडिक कलेजले जनाएको छ ।

लक्ष्मीको आईतबार लुम्बिनी मेडिकलमा अप्रेशन गरिएको थियो । मेडिकल कलेज अप्रेशन गर्दा नशाबाट ब्लिडिङका कारण थप उपचारका लागि भैरहवा लगिएको र उपचारको क्रममा भैरहवामा विरामीको मृत्यु भएको लुम्बिेनी मेडिकल कलेजका वरिष्ठ सर्जन डा .राजकुमार क्षेत्रीले बताए ।

मृतकका आफन्तहरुले मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको बताएका छन । कलेजले गरेको अप्रेशन सफल नभएर भैरहवा पु¥याउँदा मृत्यु भएको आरोप लगाएका छन । यत अस्पताल प्रशासनले भने दुई पक्ष बीच वार्ताका माध्यमबाट समस्या समाधानका लागि छलफल भैरहेको कलेजका प्रवक्ता कृष्ण पराजुलीले बताए ।

मृतकका आफन्तहरुको ठूलो समूहले लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै लुम्बिनी मेडिकल कलेजसँग न्यायको माग गरिरहेका छन । मृतक लक्ष्मीको शव भैरहवा मेडिकल कलेज रुपन्देहीमा रहेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...