भारतीय हस्तक्षपका विरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको विरोध

कात्तिक २६ कपिलवस्तु

देशव्यापि भारतीय नक्साको विरुद्ध आवज उठिरहेका बेला कपिलवस्तुमा राष्ट्रिय जनमोर्चा कपिलवस्तुले पनि आज विरोध तथा कोणसभा गरेको छ ।

वाणगंगा नगरपालिकाको वडा नम्बर ७ घेरवा बनगाईमा अयोजित कोण सभा तथा विरोध कार्यक्रममा नेकपा मसाल जिल्ला प्रवक्ता छविलाल गैरेले मुलुकको हित नचाहनेहरु सलबलाई रहेको भन्दै भरतिय पछिल्लो कदम पनि त्यसैको नतिजा रहेको बताउनुभयो । भरतले नेपालको भुभि हस्तक्षेप गर्दा पनि सरकारले गम्भिरतापुर्वक नलिनु सरकारकै लाचारी पन भएको पनि बताउनुभयो ।

कार्यक्रममा राष्टिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम अचार्य, अलिख नेपाल ट्रेड युनियन महासंघ केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष केयर सिंह अदै, लगाएतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन अनेरास्ववियु छैठौँका ५नम्बर प्रदेश अध्यष ऋषभ आचार्यले गर्नुभएको थियो । राष्टिय जनमोर्चाले भारतिय हस्तक्षेपका विरुद्ध जिल्ला व्यापि विरोध कार्यक्रमको आयोजना गरिरहेको पनि जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...