नेपाल ट्रेड युनियन माहासंघ जिफन्ट प्रदेश ५ को प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

राजेन्द्र खनाल कात्तिक २६ कपिलवस्तु

नेपाल ट्रेड युनियन माहासंघ जिफन्ड प्रदेश नम्बर ५ को आयोजनामा आज प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गरिएको छ । कपिलवस्तुको जिल्लाको वाणगंगा नगरपाकिला वडा नम्बर ८ बौद्ध गुम्बा हलमा मर्यादित कामका लागि जिफन्ट अभियान २०७६ प्रशिक्षणात्क रुपमा सम्पन्न गरिएको जिफन्ट कपिलवस्तुले जनाएको छ ।

कार्यक्रममा नेकपा प्रदेस पाँच सदस्य कृष्ण पौडेलले पार्टी र ट्रड युनियनको बिचमा पारसपारिक सम्बन्ध स्थापित हुनुपर्नेमा जोड दिनुभएको छ । त्यस्तै जिफन्ट प्रदेश सदस्य कण बहादुर लामाले श्रम अधिकार र जिफन्ट का विषयमा जनाकारी गराउनुभएको थियो भने श्रम ऐन र योगदानमा आधारति सामाजिकि सुरक्षा कार्यात्रमmमा विषयमा दामोदर सपकोटाको प्रशिक्षण रहेको थियो । कार्यक्रममा जिफन्ट प्रदेश सदस्य कण बहादुर लामाको अध्यक्षता रहेको थियो भने जिफन्ट राष्टिय कमिटी सचिव दामोदर सापकोटाको प्रमूख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा जिफन्ट प्रदेश पाच उपाध्यक्ष तोलाराज पौडेल, नेपाल स्वस्थ्य स्वयम सेवी संघ केन्द्रिय उप महासचिव प्रभादेपवी पौडेल, कृषि तथा बगान क्षेत्र श्रमिक संघ केद्यि सदस्य गणेश बहादुर राना, स्वस्थ्य स्वयम सेवी संघ प्रदेश ५ अध्यक्ष शुसिला दर्लामी, वैक तथा वित्तिय सहकारी कर्मचरी युनियन प्रदेश ५ उपाध्यक्ष मानकुमारी गिरी, कमला चुँदाली लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन जिफन्ट वाणगंगा नगर संगठन कमिटि अध्यक्ष भोजराज थारुले गर्नुभएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...