कपिलवस्तु मालपोतका २ कर्मचारी घुसहित पक्राउ

२८ कात्तिक, कपिलवस्तु

कपिलवस्तु मालपोत कार्यालयका दुई जना कर्मचारी ६ हजार घुससहित पक्राउ परेका छन् । भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ ।

उनीहरुमाथि अनुसन्धानका लागि आयोगको हिरासतमा राखिएको छ । समयमै काम नगरी सेवाग्राहीको मोही नामसारी गराउनका लागि ६ हजार रुपैयाँ घुस लिएको पाइएको अख्तियारले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...