यसरी हुन्छ रंगपुर नाकामा दिन दहाडै तस्करी ।।

वाणगंगा अनलाईन कपिलवस्तु , २३ असोज

कपिलवस्तुको रंगपुर नाका चाडबाडको समयमा भने दिन दहाडै तस्करी मौलाएको छ । स्थानीय प्रहरीकै अगाडी सीमा क्षेत्रमा दोहोरो तस्करहरुले माल सामान ओसार पोसार गरिरहेका छन रहेका बेला पनि प्रहरी भने मौन देखिएको छ ।

दशगजा संगै रहेका ३–४ वटा घरमा राखिएका मटरका गोदामबाट बोरा लिएर मोटरसाइकलमा भारतीय बजार र्पुयाउने र त्यहा बाट चीनी, सुर्ती, कपडाहरु नेपालको रंगपुर ल्याउने काम विहिबार दिउसै चलिरहेको थियो ।भारतबाट अवैधबाटो आउने चामलाई नेपाली बिल काटेर भैरहवा बेच्ने र त्यहाबाट ल्याएको मटर रंगपुर नाकाको खुला सिमानाको फाइदा उठाउदै भारत पठाउने कार्यमा स्थानिय व्यापारिहरु संलग्न रहेको प्रहरी श्रोतको दाबी छ ।
भारतले मटर आयातमा प्रतिबन्ध लगाएपछि नेपालको अवैधबाटो त्यसलार्ई तस्करी गर्नेहरु दिनानु दिन बढेका छन् । त्यस्तै सीमापारीबाट सुर्ती , कपडा, चीनी र किराना सामान अवैध रुपमा नेपाल ल्याउने काम स्थानीय दीपक केवट , छोटु यादव र भगतले गर्ने गरेको स्थानीय बासी बताउछन् ।


जिल्ला प्रहरी कार्र्यालय भित्र संचारमा दरबन्दी रहेका प्रहरी सहायक निरिक्षक खगेन्द्र पाण्डेलाई प्रहरी ऐन २०१२ विपरित प्रहरी उपरिक्षक दीप शमशेर जबराले सीमा प्रहरी चौकी रंगपुर प्रमुख बनाई पठाएका छन् ।
उनले सीमामा हुने अपराध नियन्त्रण, सुरक्षा प्रदान भन्दा पनि तस्करहरु संग मिलेर धन कमाउ धन्धामा लागेको स्थानीय बासीहरुको आरोप छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...