राम आधारभूत पडरियाको दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन

कात्तिक २९ भलवाड

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ पडरिया स्थित राम आधारभूत विद्यालयमा आज दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरिएको छ । कक्षा नर्सरी देखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरुबाट कक्षा प्रथम, कक्षा द्धितिय, र तृतृय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ ।वाणगंगा नगरकार्यपालिका सदस्य केशरा गुरुङको अध्यक्षता रहेको कार्यक्रमले रामबहादुर क्षेत्रीको अध्यक्षतामा ७ सदस्यीय विद्यालयको कम्पाउण्ड वाल निर्माण उपभोक्ता समिति पनि गठन गरेको छ । जसको सचिवमा विन्द्रबहादुर गुरुङ र कोषाध्यक्षमा माया गुरुङ रहनुभएको छ भने अन्य सदस्यमा रहनुभएको छ । यसैबिच वाणगंगा नगरपालिका शिक्षा तथा खेलकुद शाखाबाट वालविकास कक्षा देखि कक्षा ५ सम्मका विद्यार्थीका लागि प्रदान गरिने खाजा कार्यक्रम पनि सुरु गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर क्षेत्रीको प्रमूख आतिथ्यता रहेको कार्यक्रममा शिाक अभिभावक संघका अध्यक्ष मेनुका थारु तथा सरेपानी सामुदायिक वनका अधयक्ष गिरबहादुर गुरुङको विशिष्ठ आतिथ्यता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक ओमलाल गिरिले स्वागत गर्नुभएको कार्यक्रममा विद्यालयका शिक्षिकाहरु सोना चौधरी, अनिता कुवँर, पुजा खनाल र कपिता न्यौपानेले नतिजा प्रकाशन गर्नुभएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...