वाणगंगा  ७ द्धारा जेष्ठ नागरिकहरुलाई सम्मान

बसन्ता भुषाल कात्तिक २९ मोतिपुर

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ७ स्थित वडा कार्यालयले आज जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडा कार्यालयमा आयोजित सम्मान कार्यक्रममा वडाका सम्पूर्ण जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष विष्णु गिरिले सबै जेष्ठ नागरिकलाई आगामि दिनमा पनि यस्ता कार्यक्रय ल्याउने प्रतिबद्धता जनाउनु भएको छ । वाणगंगा नगरपालिकाले वडा नम्बर ७ को खारखानीमा रहेको प्रगति सामुदायिक वन क्षेत्रमा पशु हाटबजार निर्माण गर्ने योजना बनाएको पनि जानकारी गराउनुभयो । त्यस्तै सोहि क्षेत्रमा करिब १५ बिघा जग्गामा ठूलो फुलबारी बनाउने, शिवलिङ्ग, त्रिशुल, मन्दिर पोखरी वनभोज स्थल समेत बनाउने योजना अगाडि बढाईएको बताउनुभयो । करिब एक करोडको लागतमा स्मार्ट सौचालय निर्माण सँगै बसपार्क निर्माण गरी वडालाई सुन्दरीकरण पनि गरिने वडा अध्यक्ष गिरीले बताउनुभयो । आज सम्पन्न जेष्ठ नागरिक सम्मान कार्यक्रममा १सय ५० बढिलाई सम्मान गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष विष्णु गिरीको अध्यक्षता रहेको कार्यक्रममा समाजसेवी नेत्र गिरीको विशिष्ठ आतिथ्यता तथा वडा सदस्य सावित्रा थारुको स्वागत मन्तव्य एवम् वडा सचिव कृष्ण प्रसाद खनालको संचालनमा सम्पन्न भएको थियो ।
यसैबिच वडा नम्बर ७ मोतिपुरमा रहेको जनपिर्य टोल बिकास समितिको भेलाबाट चालू वर्षका योजनाका पुर्बाधारका कामका लागि उपभोक्ता समितिको चयन गरेको छ । जसमा मोतिपुर गाउँदेखि मोतिपुर डाडा जोडने अधुरो कालोपत्रे सडक,सडक विस्तार , सडक ग्राभेल ,बुद्ध बिहार गुम्बामा कोठा निर्माण , कपिलधामको साहित्य चौतारीमा निर्माणाधिन अधुरो ट्रसट निर्माण पनि गरिने भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...