बिजयनगरमा स्वामित्व सहितको पूर्जा र  शुद्ध पानी नआउदा स्थानिय समस्यामा

वाणगंगा अनलाईन कपिलवस्तु,  मंसिर ४

आफू बस्ने भूमिको स्वामित्व सहितको पूर्जा र शुद्ध खानेपानी कुर्दा कुर्दै कपिलवस्तुको बिजयनगर गाउपालिका वडा नम्बर २ ईमलीखर्क गाउँका अधिकांशको जिन्दगानी कट्न थालेको छ ।

उनीहरु ३४ वर्षदेखि लालपूर्जा विहिन हुदै आएका छन । लालपूर्जाका लागि विभिन्न निकायमा धाउँदा समेत लालपूर्जा पाउँन नसकेको खिमा पुनले गूनासो गर्नुभयो । लालपूर्जा नहुदा सरकारी सेवासुविधा उपभोग गर्न नपाएको उहाको भनाइ छ ।

लालपूर्जा दिलाउने भन्दै चुनावमा भोट मागेर विजयी जनप्रतिनिधिले भने प्रयास गरेपनि कानुनी अडचनका कारण लालपूर्जा दिलाउन समस्या भईरहेको बताएका छन । बिजनयगर गाउपालिका वडा नम्बर २ ईमलीखर्क गाउमा २०४२ सालतिर बस्तीबसेको थियो ।

लालपूर्जा अभावमा सरकारले विभिन्न क्षेत्रमा दिदै आएको अनुदान, ऋण सहयोग पाउन नसकेको स्थानीय टिकाराम मगरले बताउनुभयो । गरिबले अहिलेसम्म लालपूर्जा पाउन नसकेको लालपुर्जा बिहीनहरु भनाई छ । सधै धनिका मात्र दिन आए हामी गरिबका दिन भने कहिले आएनन उनीहरुको दुखेसोछ । चुनावमा लालपूर्जा उपलब्ध गराईदिने भन्दै नेताहरुले भोट मागेपनि बाचा पुरा नगरेको स्थानीयबासीको बताएका छन।

यता, लालपूर्जा दिलाउने भन्दै चुनावमा भोट मागेर विजयी जनप्रतिनिधिले भने लालपूर्जाका लागि प्रयास गरिरहेको भएपनि समस्या भईरहेको बताएका छन । गाउपालिका प्रमुख गोपाल थापा मगरले लालपूर्जा दिनको लागि लगत संकलनको काम चलिरहेको भन्दै सरकारको मापदण्ड अनुसार गाउपालिकाले पहल गर्ने बताउनुभयो ।

यस बिषयलाई आफूले गम्भिरताका साथ लिईरहेको बताउदै आफ्नो कार्यकाल भित्र लालपूर्जा सबैको हातमा दिने किसीमले काम गर्ने स्पष्ट पार्नूभयो ।  लालपूर्जा विहिन नागरिकलाई कानुन सम्वत रुपमा लालपूर्जा दिएर राज्यले प्रदान गर्ने सेवा सुविधा सगै नेपाली नागरिक भएको अनूभूति दिलाउन आफू लागि पर्ने उहाको भनाई छ ।

यता शुद्धखानेपानीको समेत उक्त क्षेत्रमा स्थानियलाई समस्या भएको छ । पर्याप्त पानी नहुदा खेतीपातीमा समेत असर पर्ने गरेको वडा सदस्य समेत रहनुभएकी रुन्नती पाण्डले बताउनु भएको छ । खानेपानीको पाइपमा पनि पानी निकै कम आउने र शुद्ध पानी नआउदा स्थानिय समस्यमा परेका छन ।

प्रदेश सरकारको एक घर एक धारा कार्यक्रम अन्तर्गत गाउपालिकाले आफ्ना कामहरु अगाडि बढाईरहेको बताउदै अबको २ बर्षभित्रमा सबैको घरमा पानीका घारा पुग्ने गरि काम अघि बढ्ने स्पष्ट पार्नु भयो।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...