चारदिनदेखि सम्पर्कविहिन छोरी खोजिदिन परिवारको आग्रह

 मंसिर ४, 

गुल्मीमा एक युवती चार दिनदेखि सम्पर्कबिहिन भएकी छन् । जिल्लाको इस्मा गाँउपालिका वडा नम्बर ५ रजस्थल जाबुनडाँडा बस्ने १७ बर्षिय पुजा अर्याल सम्पर्कबिहिन भएकी हुन् ।

मंसिर १ गते आइतबार बिहान घरबाट तम्घास जान भन्दै हिडेकी अर्याल सोहि दिन साँझबाट नै सम्पर्कबिहिन भएकि हुन् । छोरी हराएपछि बुबा नारायणले २ गते सोमबार इस्मा प्रहरी चौकी, रजस्थलमा उजुरी समेत दिएका छन् । तर अहिलेसम्म कतैबाट पनि फेला परेको जानकारी छैन ।

पुजाले इस्मा गाँउपालिका ४ दोहोलीस्थित रामराज्य माविमा कक्षा १२ पढ्दै आएकी थिइन् । छोरी सम्पर्कविहिन भएपछि परिवारले खोजि गरि सहयोग गरिदिन सबैमा आग्रह गरेको छ । पुजालाई कसैले भेटाएमा नजिकैको प्रहरी चौकी अथवा ९८५७०४९३३३, ९८६९५०२६४६,९८६७४९२६३० मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...