विश्व मत्स्य दिवसका अवसरमा कोईली नदिमा १० हजार माछाका भुरा छोडियो ।।

वाणगंगा अनलाईन मंसिर ५ गणेश पोख्रेल

विश्व मत्स्य दिवस नेपाल भर विभिन्न कार्यक्रम गरि मनाइएको छ । प्रत्येक बर्ष अग्रेजी महिनाको नोभेम्बर २१ तारिखका दिनमा विश्व भर विश्व मत्स्य दिवस मनाउँदै आइएको हो ।

सोही अनुसार कपिलवस्तुमा पनि विभिन्न कार्यधmमका बिच प्रधान मन्त्री कृषि आधुनिकि करण परियोजना चारनम्बर माछा जोन गोरुसिङ्गे शाखाको संयुक्त आयोजनामा मत्स्य सम्बन्धी ¥याली सहित वाणगंगा नगरपालिका कोईली वनगाई स्थीत कोईली नदिमा माछाको भुरा छोडीएको छ ।
कार्यक्रममा मत्यस्य पालक किसान वाणगंगा नगरपालिका बुद्धभुमी नगरपालिकाका बिभिन्न स्थानबाट किसानहरुले माछा सम्बन्धी विभिन्न जनचेतान मुलक प्ले कार्ड, व्यानर सहितको र्याली आयोजना गरेका थिए ।
वाणगंगा नगरपालिका –०७ वनगाई मा रहेको घेरवा वनगाई कोईली वनगाई हुदै काईली नदि पुलको परिषरमा पुगेर माछाका भुरा नदीमा छोडिएको हो । नेपाल मत्स्य व्यवसायी संघ, जिल्ला कार्य समिति, कपिलवस्तु , प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मत्स्य जोन, कपिलवस्तु आयोजना रहेको थियो ।
सन् १९९७ मा भारतमा १८ देशका माछा र जलाशयमा आश्रित समुदायका प्रतिनिधिको भेलाले विश्व फिस फोरर्म गठन गरि सन् १९९८ नोवेम्वर २१ देखि विश्व मत्स्य दिवस मनाउदै आएको मत्स्य अनुसन्धान केन्द्र तथा प्रधान मन्त्री आधुनिकिरणका प्रमुख कपिलवस्तुका प्रमुख मुकुन्द भुषालले जानकारी दिनुभयो । प्राकृतिक जलाशयका आसपास बासोबास गर्ने र मत्स्य एवं जलचरमा आश्रि समुदायद्धारा मनाइने दिवसमा सांस्कृतिक र्याली, गोष्ठि, प्रदेशनी जस्ता कार्यक्रम अन्र्तगत तालमा माछाका भुरा छाडेर मनाइएको उहाँले बताउनु भयो ।
माछाको खाद्य सुरक्षा, आर्य आर्जन,रोजगारीका साथै सास्कृतिक र पर्यटन संगको सम्वन्ध तथा महत्वलाई मध्यनजर गदै दिवसको अवसरमा कपिलवस्तु जिल्लामा बसोबास गर्ने समुदायले जनेचतनामुलक र्याली सहित नदीनाला तथा ताल तलैयामा माछाका भुरा छाडिएको प्रमुख भुषालले बताउनु भयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...