नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघले काम गरेर मात्र बोल्ने गरेको छ सेन ।

वाणगंगा अनलाईन कपिलवस्तु

बालबालिकासँग हाम्रो दशैं भन्ने मूल नारालाई आत्मसाथ गर्दै नेपाल विद्यार्र्थी संघ क्षेत्र नं १ र तरुण दल कपिलवस्तुले गरीब तथा जेहेन्दार विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण गरेको छ । विजया दशमीको अवसर पारेर वाणगंगा नगरपालिका वडा नम्बर १० भावपुरमा एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदानका साथै गरीब तथा जेहेन्दार विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण गरेको हो ।

नेपाल तरुण दल जिल्ला कार्य समिती कपिलवस्तु र नेपाल बिद्यार्थी संघले बिभिन्न क्षेत्रमा उदाहारणीय कार्य गर्दै आएको छ । यसै बिचमा नेपाली हिन्दु हरुको महान पर्व बिजया दशमीको अवसरमा पारी हुनेखानेले र हुदा खानेका बिचमा चाड पर्ब समान हुनु पर्छ भन्दै नगरपालिका १० भावपुरमा गरिब जेहेन्दार बिद्यार्थीहरु संग दशै मनाएको हो बिद्यार्थीले राम्रो संग दशै मनाउन पाउन र राम्रो संग पढ्न लेख्न सकुन भनी तरुण दल र नपाले बिद्यार्थी संघले स–साना वालवालिका र उनका अभिभाबका साथमा दशै मनाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी दुर्गा सेनले वालवालिका भविश्यका कर्णधार रहेकोले आर्थीक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई आगामी दिनमा शिक्षा दिक्षा प्रदान गर्ने वातावरण मिलाउने काम गर्ने प्रतिबद्धता सहित अगाडि बडेकोमामा नेपाल तरुणदल र बिद्यार्थी संघको उदाहरणीय कार्य प्रति धन्यवाद व्यक्त गदै अरुले बोलेर काम गर्दैन्न तर नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघले काम गरेरमात्र बोल्ने गरेको छ  नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघले काम गरेर मात्र बोल्ने गरेको छ  । बताउदै उहाँले वालवालिका लाई टिका जमरा लगाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भएको थियो

नेपाल तरुणदल जिल्ला सभापति ठकुरीले दशैँमा विपन्न परिवारमा एक दिन भएपनी आसाको ज्योति जगाएर खुसी साटासाट गर्ने काम तरुण दल नेपाल बिद्यर्थी संघले गरेको र आगामी दिनमा शिक्षा स्वास्थ्य उद्धारका क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै राज्यले यस्ता बालवालिका लक्षित कार्यक्रम ल्याउन नसकेको भन्दै उनले देशमा गरिविका कारण धेरै वालवालिकाले विचमै पढाई छाड्नु परेको कुरा उल्लेख गर्नु भयो । कार्यक्रममा नेपाल तरुणदल जिल्ला कार्य समितीका सभापति शक्ति सिह ठकुरी अध्यक्षता नेपाली कांग्रेस महासमिती दुर्गा सेन प्रमुख आतिथ्यता समाज सेवी बिष्णु न्यौपाने शक्ति ज्ञवाली, प्रेस युनियनका जिल्ला कोषाध्यक्ष गुरुदेव पौडेल प्रेस युनियनका वाणगंगा नगर संयोजक गणेश पोख्रेल बिशिष्ट आतिथ्यता नेपाल तरुणदलका क्षेत्रिय सभापति तिलक थापा नेपाल तरुणदलका नगर सचिब प्रबिन पौडेल लगायतको आतिथ्यता रहेको थियो भने नेपाल बिद्यार्थी संघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन नेपाल बिद्यार्थी संघका युवा नेता दिनेश क्षेत्री गर्नु भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...