स्मार्ट अफिस स्मार्ट कर्मचारी सहितको सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ।। ( अडियो सहित )

राजेन्द्र खनाल कपिलवस्तु, मंसिर ९

स्मार्ट अफिस स्मार्ट कर्मचारी भन्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले प्रशासनको कामलाई नयाँ ढङ्गबाट सुचारु गर्दै छ । हिजो प्रशासन कार्यालयको अवस्था र अब प्रशासनमा पुग्ने सेवा ग्राहीहरुले प्रशासन परिसर र प्रशासनका कर्मचारीहरुको सेवा प्रवाहमा अधिक भिन्नता पाउने प्रमूख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताउनुभयो ।

अहिले जिल्ला प्रशासन कार्यालयको सुन्दरीकरण सँगै कर्मचारीहरुको काम कर्तव्यलाई पनि स्मार्ट तवरबाट संचालनको तयारी थालिएको श्रेष्ठले बताउनु भयो । कुनैबेला जिल्ला प्रशासनका हरेक क्षेत्रमा फोहोर र गुट्खा जन्य पदार्थको दुर्गन्धले जिल्ला प्रशासनलाई प्रशासन क्षेत्र जस्तो पनि देखाउन सकेको थिएन । तर अहिले स्मार्ट अफिस र स्मार्ट कर्मचारीको अभियानले जिल्ला प्रशासनको कार्यसम्पादनलाई पनि स्मार्ट बनाउने धेरैले अपेक्षा लिएका छन् । समग्र जिल्ला हेर्ने जिल्ला प्रशासन स्मार्ट बने मात्रै समग्र जिल्ला पनि स्मार्ट बन्न सक्ने भन्दै प्रमूख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले अफूले अहिले यो कदम सुरु गरको बताउनुभयो ।

अहिले जिल्ला प्रशासन कार्यालय परिसरमा धमाधम फुल लगाईएको छ, सवारी साधनको उचित पार्किङको व्यवस्था मिलाईएको छ भने कर्मचारीहरुका कक्षहरु पनि फरक तवरबाट सजाईएको छ । कार्यालयमा वडा पत्र पनि स्मार्ट तवरबाट राख्ने तयारी थाल्दै छ भने नागरिकको सेवा प्रवाहलाई पनि चुस्त दुरुस्त पार्न नागरिक प्रशासनमा पुगे पछि १० देखि १५ मिटेन भित्र कार्य सम्पादन पूर्ण गर्ने गरी व्यवस्था मिलाईएको श्रेष्ठले बताउनुभयो ।

हिजो घण्टौ सम्म लाग्ने कार्यालयमा अहिले कर्मचारी अभाव हुँदा हुँदै पनि जिल्ला प्रशासनले भएका कर्मचारीबाटै छिटोछरितो कार्य सम्पादनको व्यवस्था पनि मिलाइएको छ । अर्ध न्यायिक निकायको रुपमा प्रमुख जिल्ला अधिकारीले कालोबजारी ऐन, खाद्य ऐन, बजार अनुगमन लगाएतका दर्जनौ ऐन बमोजिम सजाय तथा जरीवानाको फैसला गर्ने अधिकार राख्ने गर्दछन । कागजि प्रक्रिया पुरा गरी आउने सेवा ग्राहीहरुले कार्यालयका हरेक कर्मचारीबाट सहज सेवा पाउने पनि श्रेष्ठले प्रतिबद्धता जनाएका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...