अर्घाखाँची बस दुर्घटना अप्डेट : मृतकको संख्या १७ पुग्यो ।

वाणगंगा अनलाईन  मंसिर ११ अर्घाखाँची

अर्घाखाँचीको वडा नम्बर ६ नरपानीमा बस दुर्घटना हुदा अहिले सम्म १७ जनाको शव फेला परको छ । दुर्घटनामा परि १४ जना घाईते भएका छन् । वुटवलबाट सन्धिखर्क तर्फ जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस सडकबाट करिव ३ सय मिटर तल भिरबाट खसेर दुर्घटना भएको हो ।

घटनामा परि २ जना बालवालिका सहित ९ जना पुरुष र ६ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाजिका प्रहरी नयव उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । अहिले सम्म मृतक मध्ये केहिको मात्रै सनाखत भएको छ । मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क  ७ कालीचौरका १८ बर्षिय माया पुरी , सोही ठाँउका १० बर्षिय  मनिका खड्का , शितगंगा २ सितापुर झिर्राका २७ बर्षिय सिता बस्नेत र बस चालक करिव ३० बर्षिय बसन्त क्षेत्री रहेका छन् ।

अन्य मृतकहरुको सनाखत हुन सकेको छैन । अहिले रातको समय भएकाले उद्धारमा समस्या भएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

यसैबिच रात छिप्पदो भएका कारण खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ । बस अफ्ठेरो स्थानमा रहेका कारण उद्धार तथा खोजी कार्य जटिल बनिरहेको डिएसपि विष्टले जानकारी दिनुभयो । घाईतेहरुको अवस्था केहिको गम्भिर भएका कारण मृतकको संख्या अझै बढन सक्ने पनि बताइएको छ । थप विवरण आउन अझै बाकि रहेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...