सरेपानी सामुदायिक वनको ११ औँ वार्षिक साधारणसभा सम्पन्न

मंसिर ११ कपिलवस्तु

सरेपानी सामुदायीक वन उपभोक्ता समितिको ११ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । वाणगंग नगरपालिका वडा नम्बर ९ पडेरिया स्थित सो सामुदायिक वनको साधारण सभामा समुहकी सचिव फुलमाया गुरुङले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभाएको थियो । त्यस्तै कोषाध्यक्ष मेनका भुषाल थारुले आर्थिक वर्ष २०७५÷०७६ को कुल ५० लाख ३० हाजर बाराबरको आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभयो ।

उहाँले आगमी वर्षका लागि कुल १ करोड ३० लाख बराबरको अनुमानित आर्थिक प्रतिवेदन पेश गर्नुभएको छ । त्यस्तै साधारण सभाकै अवसरमा सरेपानी सामुदायिक वनले आफ्नो वन उपभोक्ताहरु मध्येका ८० वर्ष उमेर पार गरेका १६ जना र अपागंता भएका ६ जना गरी कुल २२ जनालाई नगद सहित सम्मान पनि गरको छ ।

सम्पन्न साधारणसभामा साहारा सामुदायिक वनका अध्यक्ष कमल वेल्वासे, अमृते सामुदायिक वनका अध्यक्ष गोपाल गिरी, रामनिमावि पडरियाका शिक्षक दुर्गाप्रसाद पौडेल लगाएतले धारण राख्नुभएको थियो । वनका अध्यक्ष गिरबहादुर गुरुङ्को अध्यक्षता रहकेो कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष धुव्र वेल्वासेको प्रमूख आतिथ्यता रहेको थियो । त्यस्तै वनको पदधिकारी अपूर्ण रहेको भन्दै उमादेवी थापा क्षेत्री र चुरामणी अर्याललाई बाकि रहेको पदमा चयन गरिएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...