अर्घाखाँची बस दुर्घटनामा मृत्यु भएका १९ जनाको सनाखत 

  मंसिर १२

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बस दुर्घटनामा ज्यान गुमाएका १९ जना सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । बुधवार दिउँसो सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा कपिलवस्तु बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा, सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकी २२ वर्षीया माया पुरी, सोही ठाउँका ५४ वर्षीय बलराम भट्टराई, बस धनी शितगंगा नगरपालिका (२ झिर्राका ३७ वर्षीय सन्त बहादुर बस्नेत र सोही ठाउँकी २७ वर्षीया सीता बस्नेत बस्नेत छन् ।

त्यसैगरि कपिलवस्तुको वाणगंगा नगरपालिका ७ बनगाई बस्ने ३ महिनाको बालक शोभाखर पोखेरल, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ बस्ने सिता कुमारी नेपाली, भुनपा ९ कि ५० वर्षीय सिता घिमिरे, भुनपा ९ कि ५० वर्षीय बिष्णु माया गैरे, भुनपा ७ का ५१ वर्षीय मेघनाथ भण्डारी, शितगंगा नगरपालिका १ बस्ने १५ वर्षीय मन्जु बिक, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ का ४२ वर्षीय कृष्ण बहादुर सुनार, शितगंगा नगरपालिका ७ कल्लेरी बस्ने ४८ वर्षीय लोक बहादुर दर्जी, सोहि ठाउँका ५५ वर्षीय हरि बहादुर दर्जी रहेका छन् ।

सन्धिखर्क नगरपालिका ७ की अन्दाजी ८ वर्षीया बालिका मनिका खड्का, भूमिकास्थान नगरपालिका ९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका १० का छबिलाल गैह्रे, गुल्मी धुर्कोट २ घर भई हाल रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १८ जनामध्ये ८ जनाको भैरहवा मेडिकल कलेजमा र ७ जनाको चौहारा अस्पताल बुटवलमा उपचार भैरहेको छ भने एक जनालाई काठमाण्डौ रेफर गरिएको छ । दुई जना भने उपचार पछि घर फर्किएका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...