वाणगंगा साहित्यिक प्रतिष्ठानको १५ आँै बार्षिक साधारण सभा तथा कविता गोष्ठि सम्पन्न

बसन्ता भुषाल कपिलवस्तु मंसिर १४

कपिवस्तुको वाणगंगा बहुमुखि क्याम्पस लौगाईमा आज वाणगंगा साहित्यिक प्रतिष्ठानको १५ औँ वार्षिक साधारणसभा तथा कविता गोष्ठि सम्पन्न भएको छ । कार्यक्रममा सस्थाका काषाध्यक्ष विष्णु प्रसाद भण्डारीले आर्थिक बर्ष २०७५÷०७६ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखापरिक्षणको प्रतिवेदन पनि सार्वजनिक गरेका थिए । त्यस्तै कार्यक्रममा वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारुको प्रमुख आतिथ्यता नगरपालिका शिक्षा शाखा प्रमुख वाबुराम भट्टराईको विशिष्ट अतिथ्यता सहित वाणगंगा बहुमुखी क्याम्पस लौगाईका क्याम्पस प्रमुख डि.वी रेश्मी मगर, वाणगंगा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक कुलराज पौडेल,क्याम्पसका व्यावस्थापन समितिका अध्यक्ष हिमलाल पौडेल ,शिक्षक छत्रमणी पाण्डे, विभिन्न संघसंस्थामा आबद्ध प्रतिनिधिहरु,शिक्षक तथा साहित्यकारहरु लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष नित्यनन्द पाण्डेले वाणगंगा साहित्य प्रतिष्ठानले विभिन्न समयमा सहित्य तथा साहित्यकारहरुको प्रतिभा प्रस्फुटनका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको जनाउदैँ आगमी दिनहरुमा पनि अझ रचनात्मक कार्यक्रमको आयोजना गर्ने भन्दै भावि योजना सुनाउनुभएको थियो । कार्यक्रम देवका भण्डारीको स्वागत मन्तव्य तथा चुरामणि पौडेलको संचालमा सम्पन्न भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...