कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० लालपुरमा आज वडा अधयक्ष छनौठका लागि मतदान भएको छ । आज बिहान ७ बजे देखि सुरु भएको मतदान साँझ ५ बजे सँगै सम्पन्न भएको हो ।
वडा नम्बर १० का दुई स्थान लालपुर र शितलापुर आधारभुत विद्यालयलाई मतदान स्थल तोकिएको थियो । तीन वटा मतदान केन्द्रमा मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । सवै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख अयोध्य प्रसाद भण्डारीले जानकारी दिए । शिवराज नगरपालिका वडा नं १० को लालपुर मतदान केन्द्रको कुल मत १ हजार १ स ६८ मध्ये मतदान केन्द्र क मा ४ सय ७० मत खसेको छ भने सोहि केन्द्रको ख मा ४ सय ९५ मतदान भएको छ ।
त्यस्तै उता शितलापुर केन्द्रमा ७ सय ५७ मत खसेको निर्वाचन अधिकारी भण्डारीले जानकारी दिनुभयो । वडा नम्बर १० को उपचुनावमा कुल १ हजार ७ सय २२ मत खसको छ । यो सँगै कपिलवस्तुको शिवराजमा भएको उपचुनावमा वडा अधयक्ष छनौठका लागि ८३.१० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयको भनाई छ । अपेक्षा भन्दा बढि मतदान भएको जिल्ला निर्वाचन अधिकारी भण्डारीले बताए ।
यसैबिच शिवराजमा भएको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । आज देखि नै मतगणना हुने पनि बताइएको छ ।