११ औँ कपिलवस्तु महोत्सवको ९५ प्रतिशत काम सम्पन्न ।। पुर्व प्रधान्मन्त्री नेपालले उद्घाटन गर्ने

वाणगंगा अनलाईन मंसिर १८ बसन्ता भुसाल

११ औँ कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७६ को सम्पुर्ण तयारी पुरा भएको छ । कपिलस्तुको विशेष पहिचान बोकेको कपिलवस्तु महोत्सवको ९५ प्रतिशत काम सम्पन्न भएको पत्रकार सम्मेलन मार्फत आयोजक संस्था वाणगंगा वेलफेयर सोसाईटिले जानकारी दिएको छ ।

युवा क्षमतामा अभिवृद्धि कृषि र पर्यटनमा समृद्धि भन्ने मुल
नाराका साथ सञ्चालन हुन लागेको ११ औँ कपिलवस्तु महोत्सव यहि मंसिर १९ गते (विहिवार) देखि पुष १ गते सम्म बुद्ध रंगशाला चारनम्बर जितपुरमा हुने भएको हो ।

उक्त महोत्सवको उद्घाटन पुर्व प्रधान्मन्त्री तथा (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले गर्ने जनाइएको छ । जिल्लाकै पहिचान बोकेको र जिल्लाकै जेठो महोत्सव भएको हुँदा सफल बनाउन सबै लाग्नु पर्ने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै महोत्सव मुल आयोजक समितीका निर्देशक दिनेश क्षेत्रीले बुद्धको जन्मभूमि कपिलवस्तुमा आयोजना हुने तीन वटा मेला महोत्सवहरुले जिल्लाको विकासका साथै कपिलवस्तुको दरिलो पहिचान पनि बनाएको बताए ।

महोत्सवबाट सकंलन भएको बचत रकमबाट आयोजकले अनाथ बालवालिकालाई सहयोग एवम् बुद्ध रंगशालालाई थप व्यवस्थित बनाउनुका साथै यस वर्षको महोत्सव सव्य र भव्य हुने आयोजकले जनाएको छ ।

संस्थाको सुदृढिकरणमा जोड दिदै लागु औषध दुव्र्यसनमा सचेतिकरण गर्ने बताउनु भयो ।  कृषि उत्पादन र नयाँ कृषि प्रविधिमा महोत्सवक केन्द्रित हुनुपर्ने बताउनु भएको थियो ।महोत्सवलाई संचार क्षेत्रबाट सफल बनाउन मिडियाहरुको ठुलो भुमिका रहने हुँदा सत्य तथ्य समाचार सम्प्रेषण गर्नका लागि आग्रह समेत  गर्नू भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...