१६ औं महिला  स्यास्थ्य स्वयंमसेविका दिवस वाणगंगा नगरपालिकामा सम्पन्न

वाणगंगा अनलाईन कपिलवस्तु मंसिर १९ बसन्ता भुसाल

कपिलवस्तुको वाणगंगा नगरपालिकामा “गाउँ नगरमा महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य प्रवद्र्धनमा अहम भूमिका” भन्ने मूल नाराका साथ १३ आँै महिला स्वास्थ्य स्वयंसेविका दिवस २०७६ को अवसरमा विहिवार वाणगंगा नगरपालिकाको सभाहलमा १३ औं स्वयंसेविका दिवस मनाइएको छ ।

वाणगंगा नगरपालिका नगर कार्यपालिकाकोे आयोजनामा गरिएको कार्यक्रममा नगरप्रमुख मंगलप्रसाद थारुको अध्यक्षता, महिला स्वास्थ्य स्वयंसेविकाकी अध्यक्ष प्रभा पौडेलको प्रमुख आतिथ्यता, पूर्व कृषि मन्त्री चक्रपाणी खनालको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगरपालिका शिक्षा शाखा प्रमुख वाबुराम भट्टराईले देश जब सम्म स्वस्थ बन्दैन तब सम्म देशमा विकास नहुने भन्दै बालबालिकाहरुका आमाहरुलाई स्वस्थ राख्नका लागी महिला स्वयंसेविकाले गरेको भुमिका अहम रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा स्वयंमसेविका कमला गिरीेले स्वयंसेविकाले पाउनु पर्ने सेवा नगरपालिकाले पनि प्रदान गरेर उदाहरणिय काम गर्नु पर्ने बताउनु भएको थियो । भलवाड स्वास्थ्य चौकिका प्रमूख जितविकास रायमाझीले आगामी दिनहरुमा नगरपालिकाले स्वयंसेविकाहरुको मागलाई मध्यनजर गर्दै यातायात खर्चको व्यावस्था मिलाईदिन आग्रह गर्नु भएको छ । केन्द्रबाट मिलेको सहयोग स्वयंसेविकालाई प्रदान गर्ने प्रतिबद्धता कार्यालयले जनाएको छ । नेपालको स्वस्थ्य संघमा स्वयमसेविकाहरुको ठूलो योगदान भएको नगर प्रमुख मंगलप्रसाद थारुको भनाई छ ।

उक्त कार्यक्रममा उत्कृष्ट १४ जना  स्वयंसेविकाहरुलाई टिका लगाई खादा ओडाएर सम्मान गर्नुको साथै प्रमाणपत्र पनि प्रदान गरिएको थियो । विभिन्न प्रतिनिधीहरु, नगरप्रमुख,विभिन्न संघसंस्थामा आबद्ध जनप्रतिनिधीहरु शिक्षक,शिक्षिकाहरु विभिन्न वडाका वडा अध्यक्षहरु तथा स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...