कपिलवस्तु महोत्सव : पुर्व राजा शाहले गरे अवलोकन (भिडियो सहित)

वाणगंगा अनलाईन मंसिर २० जितपुर

आज कपिलवस्तु महोत्सवको दोस्रो दिन पूर्व राजा ज्ञानेन्द्र शाहले समेत ११ औँ कपिलवस्तु महोत्सवको प्रत्यक्ष अवलोकन गर्नुभएको छ । एक हप्ता लामो प्रदेश पाँचको औपचारीक भ्रमणमा आउनुभएका शाहले आज कपिलवस्तुको गोरु सिँगेमा आयोजित कार्यक्रमबाट फर्कने क्रममा कपिलवस्तु महोत्सवको समेत अवलोकन गर्नुभएको हो । महोत्सवको अवलोकनका क्रममा उहाँले नेपालका सांस्कृतिक सम्पदाहरु र संस्कृतिको रक्षाका लागि कपिलवस्तु महोत्सवले विशेष भुमिका खेल्न सकोस भन्दै महोत्सव सफलताको शुभकाना दिनुभयो । उहाँले मेला स्थलमा विभिन्न सांस्कृतिक महत्व बोकेका कला कौशलहरुको व्यावसायिक पर्दशनीले नेपाली संस्कृतिको पनि रक्षामा टेवा पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । छोटो समय लिएर मेला स्थलमा प्रवेश गर्नुभएका शाहले महोत्सवको सफलताका लागि शुभकामना दिनुभएको हो ।

यसैबिच प्रदेशका विभिन्न जिल्लाको भ्रमण प्रश्चात आज कपिलवस्तुको गोरुसिंगेमा रहेको पशुपतीनाथ मन्दिरमा ३ बजे पुजा आजा गरे सँगै पूर्व राजा शाह फर्कनुभएको छ । गोरुसिँगेको कार्यक्रम सकिएपछि कपिलवस्तु महोत्सवको अवलोकन गरि उहाँ फर्किनुभएको हो । पुर्वराजा शाहको स्वागतका लागि करिव डेढ घण्टा सड्कमा उहाँका समर्थकहरु सँगै जिल्लाका नागरिकहरु प्रतिक्षारत रहेका थिए । गोरुसिंगेमा पुगेर पशुपतिनाथ मन्दिरको पुजाआजा पश्चात जितपुरवासी र आयोजक वाणगंगा वेलफेयर सोसाईटिको आग्रहमा उनी महोत्सवको अवलोकन गरेका हुन् ।

 

राप्रपा कपिलवस्तु जिल्ला उपाध्यक्ष भिष्म बञ्जाडेको संयोजनमा गरिएको कार्यक्रममा जिल्ला अध्यक्ष नारायणबहादुर सिँह सहित राप्रपा केन्द्रिय सदस्य पुष्पा रजौरीया , विजय लक्ष्मी सिँह, राप्रपा अर्घाखाँचीका पूर्व सभापति गणेश थापा लगाएत राजाबादीहरु र गैर राजाबादीहरुको समेत उल्लेख्य उपथिति रहेको थियो । मन्दिरमा पूजा आजा सँगै पूर्व राजा शाहले सबैको जय होस भन्ने कामना मात्रै गरको राप्रपा जिल्ला अध्यक्ष नारायण बहादुर सिँहले जानकारी दिनुभएको छ ।
यसैबिच विहीबारदेखि कपिलवस्तुको वाणगंगा बुद्ध रंगशाला चारनम्बर जितपुरमा सुरु भएको ११ औँ कपिलवस्तु महोत्सवको आज दोस्रो दिन सम्पन्न भएको छ । आज राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहेको थियो भने नवौँ कपिलवस्तु डान्स आइडलको समेत प्रस्तुति रहेको थियो । डान्स आईडल अन्र्तगत आज २५ जना प्रतिश्प्रधिहरुले आफ्रनो प्रस्तुति दिएका थिए ।
पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले विहीबार उद्घाटन गरेको महोत्सवमा आज दोस्रो दिनदेखि मनोरंजनका कार्यक्रम सुरु भएका हुन । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा ‘युवा क्षमतामा अभिवृद्धि, पर्यटन र कृषिमा समृद्धि’ भन्ने मूल नाराका साथ महोत्सव सुरु भएको हो । पौष १ गतेसम्म हुने महोत्सवबाट ३ लाख दर्शकले अवलोकन गरी ५ करोड बराबरको आर्थिक कारोबार हुने मेला मूल आयोजक समितिका संयोजक राजकुमार खाँणले जानकारी दिनुभयो । यस्तै ११ औँ कपिलवस्तु महोत्सवमा आज आधुनिक गायक रमेशराज भट्टराई सहितका लोक तथा दोहोरी गायीका रितु थपा सहित स्थनिय कालाकारहरुको प्रस्तुति रहेको थियो भने भोली महोत्सवको तेस्रो दिन सदावहार गायक सुगम पोख्रेल सहित लोक गायक प्रजापति पराजुली, काउली बुढि अर्थात सन्ध्या बुढाको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै स्थानिय कलाकारहरुले पनि भोलीको कार्यक्रममा मनोरञ्जन प्रदान गर्ने जनाइएको छ । आज १० हजार दर्शकले मेलाको अवलोकन गरेको मिडिया संयोजक गणेश पोख्रेलले जानकारी दिनुभएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...