मायादेवी रंगशालामा जारी क्रिकेटमा क्वाटर फाईनलका खेल सकिए

नविन भण्डारी, कपिलवस्तु, मंसिर २०

कपिलवस्तुको मायादेवी रंगशालामा जारी दोस्रो वडा स्तरिय क्रिकेट प्रतियोगितामा क्वाटर फाईनलका खेल सकिएका छन् । वडा स्तरि युवा सञ्जालको आयोजना तथा वडा नं. ८ को आर्थिक सहयोगमा सञ्चालित उक्त प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको थियो ।

आज भएका खेलबाट बोर्डगाउँ, चप्परगाउँ र मोर्मी सेमिफाईनलमा प्रवेश गर्न सफल भएका छन् । पहिलो खेल मधुवन र मोर्मी बिच भएको थियो जसमा मोर्मी विजयी भएको छ भने दोस्रो खेल चप्परगाउँ र वाणगंगा पुलचोक बीच भएको थियो जसमा चप्परगाउँ विजयी हुँदै सेमिफाईनल प्रवेश गरेको छ भने बोर्डगाउँ बाई परेर स्वत ः सेमिफाईनलमा गएको हो । भोलि हुने सेमिफाईनलमा चप्परगाउँ र बोर्डगाउँ बिच हुनेछ जसमा विजयी हुने टिम फाईनल प्रवेश गर्ने आयोजक संस्थाका अध्यक्ष दयाराम पौडेलले जानकारी दिएका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...