वडाकप क्रिकेटको उपाधि मोर्मी टोलले चुम्यो

नविन भण्डारी मंसिर २२ जितपुर

मंसिर १६ गते देखि मायादेवी रंगशालामा सुरु भएको वडा कप क्रिकेटको समिकरण पुरा भएको छ । आज भएको फाइनल प्रतिश्पर्धामा चप्परगाउँ टिम बि लाई पराजित गर्दै मोर्मी टोलले उपाधि कब्जा गरको छ ।

टस जितेर फिल्डिङ रोजेको मोर्मीसँग चप्परगाउँले निर्धारित १६ ओभरमा ६ विकेटको क्षेतीमा १ सय १८ रनको लक्ष्य प्रस्तुत गरको थियो । जवाफि व्याटिङमा उत्रिएको मोर्मीले १६ ओभरमा ८ विकेटको क्षतीमा जित सहित उपाधि कब्जा गरेको हो । टीमलाई जित दिलाउने क्रममा मोर्मीका आकाश शाही ठकुरीले २० बलमा सर्वाधिक २३ रनको योगदान गरे । त्यस्तै चप्परगाउँका छवि पौडेलले ३८ वल खर्चिदै ३२ रनको योगदान गरका थिए । टिमलाई जित दिलाउने प्रयाश गरे पनि उप विजेतामै चित्त बुझाउन चप्परगाउँ बाध्य भयो ।


जित सँगै मोर्मीले नगद १५ हाजर सहित कप र प्रमाणपत्र तथा मेडल पाएको छ भने उप विजेतामा चित्त बुझाएको चप्परगाउँले नगद ८ हजार सहित मेडल र प्रमाणपत्र पायो । त्यस्तै प्रतियोगिताको तृतिय भएको बोडगाउँले नगद ४ हाजर कप मेडल र प्रमाणपत्र हात पारको छ ।
त्यस्तै प्रतियोगितामा म्यान अफ द म्याचको उपाधि मोर्मी टिमका बिष्णु थारुले पाए भने प्रतियोगिताको म्यान अफ द सिरिजको उपाधि चप्परगाउँका छवि पौडेलले पाउन सफल भए ।


प्रतियोगिताको फाईनल राउण्ड सकिए सँगै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छवि रेश्मि मगर र वडा नम्बर ८ का वडा अध्यक्ष गुणानिधि भुषाले पुरस्कार वितरण गरका थिए । त्यस्तै उनीहरुले खेलाडीहरुलाई बधाई तथा सफलताको शुभाकामना पनि दिएका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...