कपिलवस्तु डान्स आईडलमा अब १० जनाको प्रतिश्पर्धा

बाकीँ कपिलवस्तु २२ मंसिर

कपिलवस्तुको बुद्ध रगंशालामा जारी ११ औँ कपिलवस्तु महोत्सव अन्तर्गत ९ औँ कपिलवस्तु डान्स आईडलको तेस्रो दिन आईतवार तीन जना प्रतिस्प्रधि आईडलबाट बाहिरिएका छन् । ममता पुन , प्र्रशंसा अर्याल र उमा अर्याल आजको प्रतिश्पर्धामा सहभागि भई बाहिरीन पुगेका हुन ।

आजको प्रस्पिर्धाबाट बेस्ट डान्सको रुपमा निशा खनाल छनौटमा पर्नु भएको आईडल संयोजक अमृत केसीले जानकरी दिनुभयो । अब डान्स आईडलको प्रतिस्पर्धामा १० जना रहेका छन ।

यसैबिच आज महोत्सवको चौथो दिन राष्ट्रिय कलाकारहरु प्रजापति पराजुली सँगै चर्चित मोडल तथा गायक दुर्गेश थापा सहितका कलाकारहरुले मनोरञ्जन प्रदान गरका छन् । आज महोत्सवमा १० हजार दर्शकका उपस्थिति रहेको थियो ।

यस्तै भोली राष्ट्रिय कालाकार प्रति आले, कुलेन्द्र बिस्वकर्मा सहित स्थानिय कलाकारको साथमा नबौ डान्स आईडलको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...