दाङमा घुस रकम सहित समातिए मुद्धा फाँटका प्रहरी

वाणगंगा अनलाईन मंसिर २२ दाङ

ईलाका प्रहरी कार्यालय तुलसीपुरका सई हेमन्त केसी घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय कोहलपुरका प्रमुख गणेश गैरेका अनुसार ईप्रका तुलसीपुरको मुद्दा फाँटमा कार्यरत सई केसीलाई आज जिल्ला प्रशासन कार्यलय दाङ अगाडीको वली होटेलमा दश हजार रुपैँया घुस लिँदालिदैँ पक्राउ गरिएको हो ।

गैरेका अनुसार सई केसीले सार्वजनिक नैतिकता विरुद्धको अपराधमा मुद्धा खेपिरहेका अभियुक्तलाई थोरै धरौटीमा चाँडै रिहा गरिदिने भन्दै २५ हजार रुपैँया मागेका थिए । पछी उनलाई दश हजार रुपैँया लिँदालिँदै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...