सहकारीको जग्गामा तरकारी फलाउँदै स्थानिय

रामबहादुर गन्धर्व मंसिर २३ कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ५ मटेरीयाका एक किसानले सोहि स्थानको लोकप्रिय कृषि शहकारी संस्थाले उपलब्ध गराएको जग्गामा अहिले लटरम्म तरकारी फलाएका छन् । खेती फालाउने जमिन मासिदै गएका बेला शहकारीले दिएको जमिनमा जयप्रकाश थारु सहितका ६ जनाले अहिले टमाटर,खर्सानी, भाण्टा लगाएतका तरकारी फलाईरहेका छन् । १३ कट्ठा शहकारीको जग्गा भाडमा लिएका ६ जना किसानहरुले सो जमिनमा तरकारी फालाए बापत सहकारीलाई वार्षिक १५ सयका दरले भाडा बुझाउँदै आएको बताए ।

उनीहरुले मौसमी तथा बेमौसमी तरकारीबाली लगाउने र त्यसको आम्दानी खाने गरका छन् । उमेरले ४० वर्ष पुगेका जयप्रकाशले भने, “सहकारीको जग्गा भाडमा लिएर खेती गरीरहेका छौँ वार्षिक ढाई देखि तीन लाख सम्म आम्दानी लिनेगरेका छौँ ।” वि.सं. २०६८ सालमा दर्ता भएको लोकप्रिय सहकारी संस्थाले आफ्नो क्षेत्रमा रहेका कृषकहरुलाई अझ व्यावसायिक बनाउने उद्देश्यले जग्गा भाडामा दिएर खेती गर्न उत्साहित बनाएको व्यवस्थापक बासमती थारुले बताईन । हाल सहकारीमा २ सय बढि शेयर सदस्य संस्थामा आबद्ध छन् । १ सय ७० महिला तथा ८० जना पुरुष गरी कुल २ सय ५० जना सदस्य रहेका छन । त्यस्तै आगामी दिनमा समेत संस्थले आफ्ना सदस्यहरुलाई स्वरोजगारमुखी बनाउन नयाँ रणनितिहरु तय गर्ने योजना बनाएको संस्थाका अध्यक्ष ईन्द्रेस थारुले बताए ।

जयप्रकाश सँगै उनी सँग सहकारीको जग्गामा खेती गर्दै आएका किसानहरुले सहकारीकै माध्यमबाट तालिम पनि लिने गरेको बताए । हाल उनीहरुले लागाएको तरकारीबाट राम्रो उत्पादन हुने उनीहरुको अपेक्षा पनि छ । अहिले उनीहरुले ७५ हजार देखि १ लाखको तरकारी बिक्रि गर्ने योजना पनि बनाएका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...