११ औँ कपिलवस्तु महोत्सव : कृर्षि उपजले तान्यो सबैको ध्यान

मंसिर २३ जितपुर

युवा क्षेमतामा अभिबृद्धि कृषि र पर्यटनमा समृद्धि भन्ने मूल नाराका साथ मंसिर १९ देखि सुरु भएको ११ औँ कपिलवस्तु महोत्वको चौथो दिन आज सम्पन्न भएको छ । त्यस्तै सोहि महोत्सव अन्र्तगतको अर्काे महत्वपूर्ण आकर्षणको रुपमा हेरीने नवौँ डान्स आईडलको तेस्रो दिन पनि सम्पन्न भएको छ । राष्ट्रिय तथा स्थानिय कालकारहरुको मनोरञ्जनात्मक प्रस्तुतिहरुले मेला स्थलमा उपस्थित हुने हजारौँ दर्शकहरुलाई मनोरञ्जन प्रदान गरीरहेका छन् । यसैबिच महोत्सव स्थलामा राखिएका कृषिजन्य प्रर्दशनीका स्टलहरुले पनि दर्शकको ध्यान तान्ने गरेको छ । विशेष गरी नगरभित्रका किसानले फालाएका कृषि उपजको प्रर्दशनी आकर्षणको विषय बन्न पुगेका छन् । तरकारी बाली अन्र्तगत झण्डै ६ फिटको लौका र सोहि अनुरुपका अन्य तरकारी बालीहरुले प्राय सबैको उचाई नाप्ने गरेका छन् ।

महोत्सवको सांस्कृतिक कार्यक्रम अन्र्तगत आज गायीका प्रिति आलको प्रस्तुति रहेको थियो भने लोक दोहोरी गायीका कुलेन्द्र विश्वकर्माको समेत विशेष प्रस्तुती रहेको थियो । भोली हास्यव्यंग्य कलाकार मनोज गजुरेलको विशेष प्रस्तुति रहने बताईको छ भने लोक दोहोरी गायक रामजी खाँडको पनि प्रस्तुुति रहने जनाइएको छ । डान्स आईडलमा हिजो तीन जना बाहिरीएका कारण आज भने सबै १० जना प्रतिश्पर्धिहरुनै सुरक्षित रहेको आईडल संयोजक अमृत केसीले जानकरी दिनुभयो । यस्तै आज महोत्सवमा ८ हजार दर्शकको उपस्थिति रहेको थियो । यो सँगै चौथो दिन सम्म आई पुग्दा कपिलवस्तु महोत्सवमा ४० हजार बढि दर्शकले मेलाको अवलोकन गरिसकेको मिडिया संयोजक गणेश पोख्र्र्रेलले जानकरी दिनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...