आइतबार सार्वजनिक बिदा

अशोज २४

नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ।  चिनियाँ राष्ट्रपति सी को दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको हो।
चिनियाँ राष्ट्रपति सीको स्वागत तथा सम्मानका लागि यो बिदा दिन लागिएको हो।बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्तावमा बिदा दिने निर्णय गरेको हो।

नेपाल सरकारले विभिन्न देशका विशिष्ट अथिती आउँदा सम्मान स्वरूप सार्वजनिक बिदा दिने गरेको छ।  चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन्।  दुईदिने भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौता हुने अनुमान गरिएको छ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...