लुम्बिनी प्रादेशिक अस्पतालमा ४ दिनदेखि मृतकको शव उठेन

बुटवल, २४ मंसिर ।

बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले नारबाजी गर्न थालेपछि अस्पतालमा आज पनि तनाव उत्पन्न भएको छ । मृतकका आफन्त र अस्पताल प्रशासनबीच मध्यान्ह १२ बजे देखि वार्ता भए पनि कुनै निष्कर्ष निस्कन नसकेपछि मृतकका आफन्तहरु आक्रोसित भएका छन् । अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएकाले घटनाको छानबिन गरी दोषि उपर कारबाही गर्नुपर्ने, मृतकका परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ती दिनुपर्ने र उपचार खर्च मिनाह गर्नुपर्ने माग राख्दै उनिहरुले माग पुरा नभए सम्म सव नउठाउने अडान लिएका छन् ।

मृतकको सव नउठाएर बिगत चार दिन देखि अस्पतालमा धर्ना दिदै आएका मृतकका आफन्तहरुले अस्पताल प्रशासनले माग पूरा गर्न आलटाल गरेर भुलाउन खोजेको भन्दै आक्रोसित बनेका हुन् । अस्पतालमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।

मंसिर १८ गते ज्वरो आएर उपचारका लागि लुीमबनी प्रादेशिक अस्पतालमा भर्ना एकी रुपन्देहीको कञ्चन गाँउपालिका वडा नंबर ४ अस्नैयाका पदम थापाकी १५ बर्षिया छोरी माया थापाको उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...