साहित्य चौतारी कपिलधाममा भिक्षु सहितका साहित्यकारहरुको शालिक अनावरण गरिदैँ ।।

राजेन्द्र खनाल मंसिर २४ कपिलवस्तु

लुम्बिनी वाङ्वय प्रतिष्ठनको आयोजनामा भोली बुधबार देखि विभिन्न साहित्यीक कार्यक्रम कपिलधाममा सुरु हुने भएका छन् । वाङ्मयको सातौँ वार्षिक साधारणसभा सहित राष्ट्रिय विभुतिहरुको शालिक अनावरण तथा लोपुन्मुख भाषा सम्बन्धि विद्धानहरुद्धारा कार्यपत्र प्रस्तुत तथा सो विषयमा छलफलका साथै ऋषि कपिलमुनि र कपिलधाम र ऐतिहासिक सांस्कृतिक एवम् धामिक महात्वबारे विशेष अनुसन्धानमूलक गोष्ठि आयोजना हुने वाङ्मयका प्रदेश अध्यक्ष हिमलाल ज्ञवालीले जानकारी दिनुभयो ।
बुधबार बिहान ८ बजे कपिलवस्तु नगरपालिका २ स्थित रमतहलामा लुम्विनी वाङमय प्रतिष्ठान कपिलवस्तुको भवन शिलन्यासको कार्यक्रम रहेको छ भने सोहि दिन दिउसो १२ बजे वाणगंगा नगरपालिका वडा नम्बर ९ कपिलधाम स्थित वाङ्मयको प्रदेश कार्यालयमा साधारण सभा हुनेभएको छ । त्यस्तै भोली नै कपिलधाम साहित्य चौतारीमा निर्माण गरिएको कपिलवस्तुकै साहित्यकार स्वर्गिय भवानी भिक्षुको शालिक अनावरणको कार्यक्रम पनि रहेको ज्ञवालीले जनाउनुभयो ।
त्यस्तै २६ गते बिहिबार बिहान ८ बजे लोक गायक स्वर्गिय मित्रसेन थापाको शालिक अनावरण गरिने भएको छ भने विविध साहित्यीक कार्यक्रमको पनि आयोजना गरिएको छ । सोहि दिन दिउसो ३ बजे संस्कृतीविद स्वर्गीय डा. टिकाराम पन्थीको शालिक अनावरणको कार्यक्रम रहेको छ । त्यस्तै शुक्रबार २७ गते बिहान ८ बजे देखि विभिन्न साहित्यीक कार्यक्रमहरु संचालन हुने पनि अध्यक्ष ज्ञावलीले जानकारी दिनुभएको छ ।
कपिलवस्तुको वाणगंगामा प्रदेश कार्यालय स्थापना गरि वाणगंगा नगरपालिकालाई नै साहित्यको उद्धगम थलो बनाउने प्रयास स्वरुप कपिलधाम साहित्य चौतारीमा साहित्यको क्षेत्रमा विभिन्न ढङ्गले योगदान गरेका साहित्यकारहरुको शालिक स्थापना गरिएको छ । हाल सो स्थानमा एक दर्जन बढि साहित्यकारहरुको शालिक अनावरण भई सकेका छन भने लुम्बिनी वाङ्मय प्रतिष्ठानले भोली देखि लगातार तीन दिन सम्म साहित्यीक कार्यक्रमहरु सँगै सालिक अनावरण गर्ने तयारी गरको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...