वाणगंगा नगरपालिकामा आकस्मिक बैठकः यसरी भए महत्वपूर्ण चार निर्णय

कपिलवस्तु ३० मंसिर ।

कपिलवस्तुको वाणगंगा नगर नगरकार्यपालिकाको आज बसेको आकश्मिक वैठकले विभिन्न निर्णय गरको छ । ५ नम्बर प्रदेश सरकारले विशेष अनुदान तर्फका योजनाहरु पुष १ गते भित्र पेश गर्ने गरि माग गरेपछि कार्यपालिकाको वैठक आकस्मिक रुपमा बसेको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।
वैठकले प्रदेश सरकारले माग गरे अनुरुपका विशेष अनुदानका योजनाहरु प्रस्ताव गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयमा पेश गर्ने भएको छ । त्यस्तै वडा नम्बर ११ स्थित हेमराज माध्यमिक विद्यालय हथौसालाई प्राविधिक शिक्षा तर्फका कक्षा सञ्चालन गर्ने अनुमति पनि प्रदान गरको छ । यता पिपरा अस्पतालको व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउनका लागि नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति गठनका लागि पनि पक्रिया अगाडि बढाएको नगर प्रवक्ता पौडेलले बताउनुभयो । सो समतिको सदस्यहरुमा नगर उप प्रमूख चक्र अर्याल, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा, वडा नम्बर २ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता विष्णु पौडेल, समाजिक विकास समितिका संयोजक भिष्मराज भुषाल, वाणगंगा नगरपालिका वडा नम्बर १ का अध्यक्ष बालकुमारी अधिकारी पन्त, र सदस्य सचिवमा पिपरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रञ्जिता महत्तो रहनु भएको छ । यसैबिच बैठकले जाडो मौसम सुरु भएसँगै हुने सितलहर व्यवस्थापनका निमित्त नगरभित्र रहेका सम्पूर्ण सामुदायिक बनलाई आवस्यक काठदाउरा उपलब्ध गराउनका लागि पत्राचार गर्ने समेत निर्णय गरेको नगर प्रमुख मंगल थारुले बतउनुभयो । हरेक महिनाको ५ गते बस्ने नगरकार्यपालिका बठक आज बसि सम्पन्न भएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...