समाजवादी पार्टी नेपालको केन्द्रिय समितिले कपिलवस्तु जिल्लाबाट राजनिति गर्नुभएका केन्द्रिय सदस्य नारायण खनाललाई पार्टीको स्कूल विभागको सदस्यमा चयन गरेको छ ।
तत्कालिन नयाँ शक्ति पार्टी नेपालको केन्द्रिय सदस्य एवम् कपिलवस्तु जिल्ला संयोजक समेत रहनुभएका खनाल संघिय समाजवादी फोरम नेपाल सँगको पार्टी एकता पछि बनेको समाजवादी पार्टी नेपालको केन्द्रिय सदस्य रहनुभएको थियो । हालै पार्टीको केन्द्रिय समितिले उहाँलाई पार्टीको स्कूल विभागको सदस्यमा राखेको हो ।
स्कूल विभागमा आफूलाई पार्टीको केन्द्रिय समितिले राखे सँगै उहाँले समाजवादी क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्ने अभियानमा आफू सदैव दत्तचित्तका साथ लागि परेको भन्दै आगामी समयमा पनि पार्टीको गरिमा र राजनैतिक कर्याभार पुरा गर्नका लागि तत्पर रहने बताउनुभयो । समाजवादी पार्टी समाजका मानिसहरुको भावना अनुसारको रणनिति तय गरी काम गर्ने भएका कारण पछिल्लो राजनितिक दौरानमा वैकल्पिक शक्ति निर्माणको विकल्प नभएका कारण पार्टी एकता सँगै समाजवादी पार्टीको जन्म भएको पनि उहाँले बताउनुभयो ।