मानवताको उदाहरणका लागि लायन्स र लियो द्धारा रक्तदान

पुष २ जितपुर

कपिलवस्तुको जितपुर स्थित बुद्ध रंगशालामा सम्पन्न एघारौँ कपिलवस्तु महोत्सव अन्र्तगत लायन्स क्लब अफ कपिलवस्तुद्धरा संचालित रक्तदान कार्यक्रम ७० युनिट रगत संकलन भएको छ । लायन्स क्लव र लियो क्लब अफ कपिलवस्तुले महोत्सव स्थल भित्रै संचालन गरको रक्तदान कार्यक्रम महोत्सवको समापन कार्यक्रम अन्र्तगत संचालन गरिएको लायन्स क्लब आफ कपिलवस्तुका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभएको छ ।

महोत्सव स्थालमा पुग्ने दर्शक तथा विभिन्न व्यक्तिहरुबाट रक्तदान गरी मानवताको उदाहरण बनौँ भन्ने नाराका साथसो रगत संकलन भएको हो । कार्यक्रमको लायन्स सागर घिमीरे र लियोे प्रबिन गौतमको संयोजकत्वमा संचालन गरिएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...